Trending
Prev Story
Next Story

पाँचखालबाट पक्राउ परेका ३६ चिनियाँ अध्यागमन विभाग पठाइए

Onlinekhabar •
November 18, 2026 • 12:31 PM
4
4 reads 0 reactions

२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट पक्राउ परेका ३६ जना चिनियाँ नागरिकलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा पठाइएको छ । पक्राउ परेका सबै ३६ जनालाई आवश्यक अनुसन्धान तथा थप …

पाँचखालबाट पक्राउ परेका ३६ चिनियाँ अध्यागमन विभाग पठाइए

२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट पक्राउ परेका ३६ जना चिनियाँ नागरिकलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा पठाइएको छ ।

पक्राउ परेका सबै ३६ जनालाई आवश्यक अनुसन्धान तथा थप कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टले जानकारी दिए ।

‘छापा मार्ने क्रममा २६ जनाको पासपोर्ट फेला परेको छ । उनीहरू सबै भिजिट भिसामा नेपाल आएको देखिएकाले अध्यागमन विभागमा बुझाउन लागेका हौं,’ उनले भने ।

नियन्त्रण लिईएका मध्ये ३१ जना पुरुष र ५ जना महिला छन् । उनीहरूबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनीहरू करिब एक महिनादेखि रिसोर्ट भाडामा लिएर बस्दै आएका थिए । प्रारम्भिक जाँचका क्रममा मोबाइल र ल्यापटपका क्यामेरामा टेप टाँसिएको तथा सर्भरजस्तो देखिने छुट्टै कोठा बनाइएको पाइएको छ ।

प्रारम्भिक रूपमा अहिले भन्न सक्ने केही नभेटिएपनि ती संरचना र उपकरणको प्रयोगबारे अनुसन्धान पश्चात् मात्र थप कुरा भन्न सकीने विष्टले जानकारी दिए । ‘उपकरणहरूको प्राविधिक परीक्षणपछि मात्रै उनीहरू कुन गतिविधिमा संलग्न थिए भन्ने विषयमा विस्तृत विवरण खुल्नेछ,’ डीएसपी विष्टले भने ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत परिचालन गरिएको छ । बरामद गरिएका ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन फरेन्सिक परीक्षणका लागि पठाउने तयारी भइरहेको डीएसपी विष्टले जानकारी दिए ।

पनौतीको बल्थली माउन्टेन रिसोर्टबाट ४० विदेशी नियन्त्रणमा

यस्तै, पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र ५ चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी राकेश थापाको नेतृत्वमा बुधबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बसेको प्रहरीले जनाएको छ ।

रिसोर्टमा बसेका विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिनुको कारण भने खुलाइएको छैन । उनीहरूको गतिविधिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूको गतिविधि र उद्देश्यबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन र प्रहरी स्टेसन

बल्थली माउन्टेन रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन, फोटो स्टुडियो र प्रहरी स्टेसनजस्तै देखिने दुईवटा संरचनासमेत बनाइएको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरूले कार्यालयभित्रै छुट्टै फोटो स्टुडियो स्थापना गरेका थिए । उनीहरूले प्रहरी स्टेसनजस्तै देखिने दुईवटा संरचनासमेत बनाएको पाइएको छ ।

ती संरचनाको प्रयोग प्रहरी कार्यालयको झल्को दिने गरी गरिएको हुनसक्ने र प्रहरीकै परिचय दिएर विभिन्न व्यक्तिसँग कुराकानी गर्ने गरेको हुन सक्ने आशंका गरिएको छ ।

कार्यालयभित्र विभिन्न व्यक्तिका लागि छुट्टाछुट्टै क्याबिनसमेत बनाइएको थियो । प्रत्येक व्यक्ति आ–आफ्नो क्याबिनमा बसेर काम गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्टले जानकारी दिए ।

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। रिसोर्टमा विदेशी नागरिकहरूको शं...

#पाँचखाल #चिनियाँ
Compare →
Nagarik News
1d ago
बर्खास्तमा परेका गखेप सदस्य सचिव शर्मालाई काम गर्न दिन अदालतको अल्पकालीन आदेश

बर्खास्तमा परेका गखेप सदस्य सचिव शर्मालाई काम गर्न दिन अदालतको अल्पकालीन आदेश

बर्खास्तमा परेका गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्य सचिव श्रीधर शर्मालाई काम गर्ने बाटो खुलेको छ।

#परे
Compare →

Related Stories

National (Nepal)
Build #2612