Trending
Prev Story
Next Story

वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक, २५ लाखमै भेन्चर क्यापिटलमा लगानीको प्रस्ताव

Arthasansar •
November 18, 2026 • 11:36 AM
3
3 reads 0 reactions

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । प्राइभेट इक्विटी र भेन्चर...

वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक, २५ लाखमै भेन्चर क्यापिटलमा लगानीको प्रस्ताव

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा केन्द्रित हालको लगानी प्रणालीलाई थप विविधीकरण गर्दै उद्यमशीलता, पूर्वाधार विकास, साना तथा मझौला उद्योग र सामाजिक क्षेत्रमा लगानी बढाउने लक्ष्यसहित बोर्डले नयाँ नियमावलीको प्रस्ताव अघि सारेको हो ।

बोर्डले वि.सं. २०७५ मा जारी गरेको विशिष्टीकृत लगानी कोष नियमावलीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने गरी तयार पारेको ४५ पृष्ठ लामो मस्यौदामा लगानीका नयाँ क्षेत्र, कोषको संरचना, व्यवस्थापकको क्षमता र लगानीकर्ता संरक्षणसम्बन्धी व्यवस्था समेटिएका छन्। यससँगै पुरानो र प्रस्तावित व्यवस्थाबीचको भिन्नता स्पष्ट पार्ने तुलनात्मक तथा विश्लेषणात्मक विवरणसमेत सार्वजनिक गरिएको छ । बोर्डले मस्यौदामाथि सरोकारवालासँग सात दिनभित्र राय तथा सुझाव मागेको छ ।

नयाँ व्यवस्थाअनुसार अब वैकल्पिक लगानी कोषलाई कम्पनीमा मात्र सीमित नराखी ट्रस्ट वा सीमित दायित्व साझेदारी संरचनामार्फत समेत स्थापना र सञ्चालन गर्न सकिनेछ। लगानीको प्रकृति र जोखिमका आधारमा कोषलाई तीन श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । यसले फरक प्रकृति र जोखिम भएका लगानीका माध्यमलाई एउटै नियामकीय संरचनाभित्र समेट्ने बाटो खोल्ने अपेक्षा गरिएको छ ।

कोष व्यवस्थापकको संस्थागत तथा वित्तीय क्षमता अभिवृद्धि गर्न न्यूनतम चुक्तापुँजी २ करोड रुपैयाँबाट बढाएर ५ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । यसअघि नै अनुमतिपत्र लिएर सञ्चालनमा रहेका व्यवस्थापकलाई नयाँ पुँजी कायम गर्न तीन वर्षको समय दिइनेछ । त्यस्तै, कोष व्यवस्थापकले संस्था स्थापना गर्नुअघि नै बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने र आवश्यक पूर्वाधारको स्थलगत निरीक्षणपछि मात्र अनुमतिपत्र प्राप्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

लगानीकर्ताको प्रवेश सहज बनाउने उद्देश्यले केही प्रकृतिका कोषमा न्यूनतम लगानी सीमा घटाउने प्रस्ताव पनि मस्यौदामा समावेश गरिएको छ । सामान्य वैकल्पिक लगानी कोषमा एक लगानीकर्ताले कम्तीमा ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने व्यवस्था यथावत् राखिए पनि भेन्चर क्यापिटल, साना तथा मझौला उद्यम, सामाजिक प्रभाव र एन्जल कोषमा यो सीमा २५ लाख रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ । यसले तुलनात्मक रूपमा साना लगानीकर्तालाई समेत उद्यम तथा नवीन व्यवसायमा लगानी गर्ने अवसर उपलब्ध गराउन सक्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
18m ago
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक...

#कोष
Compare →
Onlinekhabar
2h ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#कोष
Compare →
Nagarik News
3h ago
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब रकम जम्मा

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ।

#कोष
Compare →
Hamro Patro News
3h ago
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

#कोष
Compare →

Related Stories

Business & Economy
Build #2612