Trending
Prev Story
Next Story

तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको जोड

Ekantipur •
November 18, 2026 • 08:02 AM
2
2 reads 0 reactions

काठमाडौंबाट सबैभन्दा नजिक रहेको यो ऐतिहासिक नाका खुले व्यापार, पूर्वाधार र दुई देशबीचको सम्पर्क विस्तारमा सहजता आउने अपेक्षा गरिएको छ।

तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौंबाट सबैभन्दा नजिक रहेको यो ऐतिहासिक नाका खुले व्यापार, पूर्वाधार र दुई देशबीचको सम्पर्क विस्तारमा सहजता आउने अपेक्षा गरिएको छ।

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा खनालले तातोपानी नाका तत्काल खुलाउन आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा–भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदमा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्णरूपमा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष याङलाई काठमाडौंबाट सबैभन्दा नजिक दूरीमा रहेको तातोपानी नाका तत्काल खोल्न विशेष जोड दिए ।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ ।’

उक्त अवसरमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी परराष्ट्रमन्त्री खनाललाई दिए । भेटमा दुई पक्षबीच दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर र शिक्षालगायत विविध विषयमा छलफल भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
51m ago
परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन्।

#नाका #तातोपानी #खुलाउन
Compare →
Bizshala
3m ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#नाका #खनाल #तत्काल
Compare →
Onlinekhabar
1h ago
तातोपानी नाका खुलाउन नेपालको जोड

तातोपानी नाका खुलाउन नेपालको जोड

२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग …

#नाका #तातोपानी #खुलाउन
Compare →
Hamro Patro News
4d ago
तातोपानी नाका खुलाउन कार्यदल गठन

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी...

#नाका #तातोपानी #खुलाउन
Compare →

Related Stories

Politics & Governance
Build #2612