Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

Nagarik News •
November 18, 2026 • 07:14 AM
3
3 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्। उनीहरू बिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, शाहले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए। त्यस क्रममा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: २ मंसिर २०८३ १२:५९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
27m ago
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतले भने– मोदीसँगको भेटवार्ता ऐतिहासिक हुन्छ

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतले भने– मोदीसँगको भेटवार्ता ऐतिहासिक हुन्छ

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ...

#बालेन-शाह #राजदूत #भारतीय
Compare →
Onlinekhabar
46m ago
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आसन्न भारत भ्रमणबारे समेत कुराकानी भएको थियो । प्रधानमन्त्री …

#बालेन-शाह #राजदूत #दलेला
Compare →
Ekantipur
45m ago
भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो।

#राजदूत #शाह #भारतीय
Compare →
Bizshala
23h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#बालेन-शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612