Trending
Prev Story
Next Story

राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, पुराना वामपन्थी नेता अधिकारी र पुष्पलालका भाइ पनि उपस्थित

Nagarik News •
November 18, 2026 • 05:56 AM
1
1 reads 0 reactions

भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन्। देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुँदै छन्।

राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, 
पुराना वामपन्थी नेता अधिकारी र पुष्पलालका भाइ पनि उपस्थित

नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदै छ। भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन्। देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुँदै छन्।

अध्यक्ष केपी शर्मा ओली उद्घाटनका लागि राष्ट्रिय भेला उद्घाटन समारोहस्थल आइपुगिसकेका छन्। भेलामा सहभागीहरूको हाजिरी र परिचयपत्र (कार्ड) वितरण धमाधम भइरहेको छ। भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचश्पति देवकोटा, हरिचरण सिवाकोटी र बिजयलाल श्रेष्ठ सहभागी भएका छन्। बिजयलाल नेकपा संस्थापक महासचिव पुष्पलालको भाइ हुन्।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको हो। पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटी, संसददेखि पालिकासम्मका जप्रतिनिधिसहितको यो पहिलो भेला हो। २०८२ भदौ २३-२४ को जेनजी उपद्रवपछि मुलुकमा उत्पन्न राष्ट्रिय राजनीतिक निकासका लागि भेलामा बहस हुने छ। भेलाले राजनीतिक कार्यदिशा, आउँदो स्थानीय तहको चुनावको पूर्व तयारी बारे प्रशिक्षणसहित पार्टीको राजनीतिक लाइनमा एकरुपताको सन्देशसहित ऊर्जा प्रदान गर्ने छ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यन्यवनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी र कार्य सम्पादन सम्बन्धी भेलामा छलफल हुने छ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुने छन्।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित विशेषा सम्बोधन गर्ने छन्। त्यसैगरी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन हुनेछ। वरिष्ठ नेता भण्डारी पार्टीमा औपचारिक पुनरागमन पछि पहिलो र विशेष सम्बोधन हुनेछ।

त्यसैगरी उपाध्यक्षद्वय रामबहादुर थापा 'बादल', विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २ मंसिर २०८३ ११:४१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेक...

#भेला #उद्घाटन #ओली
Compare →
Onlinekhabar
1h ago
देउवा समूहद्वारा जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत

देउवा समूहद्वारा जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त) लाई मनोनयन गरेको छ । देउवा समूहको ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले कार्कीलाई संयोजकमा मनोनीत गरेका …

#कार्की
Compare →
Ekantipur
2h ago
दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा पेसी

दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा पेसी

दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा पेसी

#कार्की
Compare →
Bizshala
1d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#कार्की
Compare →

Related Stories

Politics & Governance
Build #2612