Trending
Prev Story
Next Story

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको वार्षिक साधारणसभा आह्वान

Arthasansar •
November 18, 2026 • 05:36 AM
4
4 reads 0 reactions

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले वार्षिक साभारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर...

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको वार्षिक साधारणसभा आह्वान

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले वार्षिक साभारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गतेका लागि १९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारणसभा होटल माला इन घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बिहान १० बजेबाट सुरु हुने छ । सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट पेश हुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (सञ्चालक समितिको तर्फबाट :. Verma & Associates, Chartered Accountants लाई नियुक्त गर्न सिफारिस ) त्यस्तै कम्पनी ऐन, २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभुत सेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने छ ।

कम्पनीको २०८३ असार मसान्तमा कायम रहेको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांस र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ । सञ्चालक समितिको तर्फबाट आ.व. २०८२/२०८३ मा भए गरेका निणर्यहरु अनुमोदन गर्ने छ । त्यस्तै कम्पनीको प्रबन्धपत्रको दफा ६ तथा नियमावलीको नियम २७ मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्ने छ ।

कम्पनीले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रिरिजर्भ ) को जम्मा रकम भन्दा बढी हुने गरि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने तथा कम्पनीलाई सञ्चालनको क्रममा कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रिरिजर्भ ) को जम्मा रकम भन्दा बढी ऋण लिन आवश्यक भएमा सो को लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

कम्पनीको १९ औँ वार्षिक साधारण सभाको प्रयोजनार्थ मंसिर १० गते एक दिनका लागि सेयर दाखिल खारेज बन्द (बुक क्लोज) रहने कम्पनीले जनाएको छ । यस अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मंसिर ९ गते सम्म कारोबार भई कायम सेयरधनीले मात्रै साधारणसभा भाग लिन पाउने छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
4h ago
सोनापुर मिनरल्सले बोलायो साधारण सभा, ५.२६३ प्रतिशत नगद लाभांश दिने

सोनापुर मिनरल्सले बोलायो साधारण सभा, ५.२६३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद...

#सोनापुर
Compare →
Hamro Patro News
1d ago
दुई दिने बिदाले दबाबमा विद्यालय : वार्षिक पाठ्यभार पुर्‍याउनै सकस

दुई दिने बिदाले दबाबमा विद्यालय : वार्षिक पाठ्यभार पुर्‍याउनै सकस

काठमाडौं । पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन दिएको सार्वजनिक बिदाले विद्यालयको पठनपाठन व्यवस्थापनमा चुनौती थपेको छ । लगातार दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीको स...

#वार्षिक
Compare →
Ekantipur
2d ago
युट्युब हेरेर सुरु गरेको गँड्यौला पालनबाट वार्षिक ५ लाखसम्म आम्दानी

युट्युब हेरेर सुरु गरेको गँड्यौला पालनबाट वार्षिक ५ लाखसम्म आम्दानी

सामान्य लगानीमा सुरु भएको गँड्यौला पालनले भारतको रोजगारी छाडेर स्वदेशमै काम गर्ने अवसरसँगै वार्षिक चारदेखि पाँच लाख रुपैयाँ नाफा दिलाएको छ।

#वार्षिक
Compare →

Related Stories

World News
Build #2612