ब्लु इनर्जी लिमिटेडले वार्षिक साभारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर २५ गतेका लागि चौथो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा कम्पनी रजिष्टर्ड कार्यालय, काठमाडौं ३० मा बिहान ११ बजे बस्ने छ । सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित २०८३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/०८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह बिवरण र लेख सम्बन्धी नीतिहरु सहितको तत् सम्बन्धी अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने छ ।
त्यस्तै कम्पनीको आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिले निर्णय गरे अनुसार कम्पनी सचिव परिवर्तन गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने छ ।