Trending
Prev Story
Next Story

सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

Nagarik News •
November 17, 2026 • 04:50 PM
6
6 reads 0 reactions

प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय आफ्नै घरबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

घटना २०८० असार १० गतेको हो। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा एक वडा सदस्य अनुपस्थित थिइन्। तर, उनको हस्ताक्षर किर्ते गरेर गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा प्रहरीले सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।

यसैक्रममा सर्लाही जिल्ला अदालतबाट यसै वर्ष असोज १६ गते पक्राउ अनुमति पाएपछि प्रहरीले गाउँपालिका अध्यक्ष रायलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ २२:३५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय आफ्नै घरबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार ५५ वर्षीय रायल...

#गाउँपालिका #आफ्नै #घरबाट
Compare →
Onlinekhabar
13h ago
किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

१ मंसिर, सर्लाही । किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका …

#राय #गाउँपालिका
Compare →
Ekantipur
13h ago
वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

ग्राहकलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ।

#आफ्नै
Compare →

Related Stories

Technology
Build #2612