Trending
Prev Story
Next Story

बाढीमा बेपत्ताहरुलाई मृत्यु घोषणाका लागि कानुन संशोधन ,हकवालालाई राहत

Arthasansar •
October 13, 2026 • 10:43 AM
2
2 reads 0 reactions

सरकारले अध्यादेशमार्फत ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’ र ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६’ संशोधन गरी राजपत्रमा प्रकाशन...

बाढीमा बेपत्ताहरुलाई मृत्यु घोषणाका लागि कानुन संशोधन ,हकवालालाई राहत

सरकारले अध्यादेशमार्फत ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’ र ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६’ संशोधन गरी राजपत्रमा प्रकाशन गरेसँगै बाढी तथा विपद्मा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्ने बाटो खुला भएको छ। यसअनुसार स्थानीय तहको सिफारिस, विपद् व्यवस्थापन समितिको निर्णय, प्राधिकरणबाट ७ दिने सार्वजनिक सूचना, कार्यकारी समितिको सिफारिस र मन्त्रीपरिषद्को निर्णय गरी ५ चरण पूरा गरेर बेपत्तालाई मृत घोषणा गर्न सकिनेछ।

मन्त्रीपरिषद्बाट मृत घोषणा भएपछि स्थानीय तहको पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र लिन सकिने र यसले गर्दा १२ वर्ष कुर्नुपर्ने कानुनी झन्झटबाट मुक्ति पाइने भएको छ।

रसुवाको भोटेकोशी नदीमा गएको पहिरोमा परी ५ हजार २८५ जना बेपत्ता रहेको र १ हजार ४५५ भन्दा बढीको मृत्यु पुष्टि भइसकेको अवस्थामा, शवहरूको पहिचान गर्न कठिन भइरहेका बेला यो नयाँ संशोधनले पीडित परिवारलाई मृत्यु दर्ता प्रमाणपत्र लिई बीमा दाबी तथा राहत पाउन ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

यदि अध्यादेशमा मृत घोषित भइसकेको व्यक्ति पछि जीवितै फर्किएमा निज वा परिवारको सदस्यले निवेदन दिएर जाँचबुझ गरी नेपाल सरकारले मृत्युको घोषणा बदर गर्न सक्ने विशेष कानुनी व्यवस्था पनि गरिएको छ । जसअनुसार मृत घोषित व्यक्तिको कानुनबमोजिमको अधिकारमा कुनै प्रतिकूल असर पर्ने छैन । परिवारले दाबी भुक्तानीवापत लिएको राहत वा क्षतिपूर्ति फिर्ता गर्नु पर्नेछैन र मृत घोषित व्यक्तिको पत्नीले सो घोषणापछि अर्को विवाह गरिसकेको रहेछ भने पनि साबिकको वैवाहिक सम्बन्ध भने पुनः स्थापित हुने छैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
15h ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#घोषणा
Compare →
Ekantipur
17h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#घोषणा
Compare →
Nagarik News
18h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →
Hamro Patro News
21h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2612