Trending
Prev Story
Next Story

अमिताभले सम्झिए नेपालमा फिल्म छायांकनका क्रममा आफूले भोगेको डरलाग्दो घटना

Nagarik News •
November 17, 2026 • 07:11 AM
2
2 reads 0 reactions

बलिउडका महानायक अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले भोगेको डरलाग्दो घटना सम्झिएका छन्।

अमिताभले सम्झिए नेपालमा फिल्म छायांकनका क्रममा आफूले भोगेको डरलाग्दो घटना

बलिउडका महानायक अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले भोगेको डरलाग्दो घटना सम्झिएका छन्। 'कौन बनेगा करोडपति सिजन १८' को पछिल्लो एपिसोडमा उनले कायाकिङ गर्ने क्रममा आफू झन्डै डुबेर ज्यान गुमाउन पुगेको अनुभव सुनाएका हुन्।

कौन बनेगा करोडपति कार्यक्रममा एक प्रतियोगीसँग कुराकानी गर्दै अमिताभले आफू एउटा फिल्मको छायांकनका लागि नेपाल आएका बेला यो घटना घटित भएको उल्लेख गरे।

उनका अनुसार त्यति बेला कसैले उनलाई कायाकिङ गर्न सुझाव दिएका थिए। उक्त व्यक्तिले कायाकिङ निकै रमाइलो अनुभव हुने बताएपछि अमिताभ पनि त्यसका लागि तयार भएका थिए। तर उनले कायाकिङलाई आफ्नो जीवनकै सबैभन्दा खतरनाक अनुभवमध्ये एक भएको बताएका छन्।

कायाक निकै साँघुरो भएकाले त्यसमा बस्नसमेत उनलाई झन्डै ४५ मिनेट लागेको थियो। सुरुमा उनी यसका लागि इच्छुक थिएनन्, तर पछि अनुभव गर्ने लोभले कायाकिङ गर्न तयार भए।

'तपाईंले प्याडल सही दिशामा चलाउनुपर्छ। मैले डुङ्गालाई एक दिशातर्फ मोड्नुपर्ने थियो, तर गल्तीले अर्कोतर्फ मोडेँ। त्यसपछि कायाक पल्टियो,' अमिताभले भने।

उनले थपे, 'मलाई पहिले नै भनिएको थियो कि यस्तो अवस्था आएमा पानीमुनिबाट हात माथितिर धकेल्नुपर्छ, ताकि डुङ्गा पुनः सीधा होस्। यदि त्यसो गर्दा पनि सम्भव भएन भने पानीमुनि दुवै हात जोडले हल्लाउनुपर्छ, जसले गर्दा वरिपरिका मानिसले कोही डुबिरहेको छ भन्ने थाहा पाऊन्। त्यसपछि म पानीमुनि दुवै हात जोडले हल्लाउँदै बाहिर निस्कने प्रयास गरिरहेको थिएँ। आखिर मानिसले कति बेरसम्म सास रोक्न सक्छ र?'

अमिताभले उक्त घटनालाई निकै भयावह अनुभवका रूपमा सम्झिए। उनले आफू डुबिरहेको अवस्थामा केही समयसम्म कसैले पनि उद्धार गर्न नआएको बताए।

'तपाईं विश्वास गर्नुहुन्न होला, तर मलाई बचाउन कोही पनि आएन। त्यसमाथि हामी फिल्मको छायांकन गरिरहेका थियौँ र फिल्मको मुख्य नायक नै डुबिरहेको थियो। कल्पना गर्नुहोस् त, उनीहरूले अर्को नायकसँग फिल्मको काम अगाडि बढाउनुपर्ने अवस्था आउन सक्थ्यो। तर झरनाको नजिकै उभिएका एक व्यक्तिले केही गम्भीर समस्या भएको महसुस गरे। त्यसपछि उनले जसोतसो मलाई बाहिर निकाले,' उनले भने, 'त्यो निकै पीडादायी अनुभव थियो। त्यहाँबाट एक जना मानिसलाई बाहिर निकाल्न तीनदेखि चार जनासम्म चाहिने रहेछ। मलाई बाहिर निकाल्नसमेत निकै कठिन भएको थियो।'

प्रकाशित: १ मंसिर २०८३ १२:५६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
33m ago
चलचित्र 'पच्चीस पच्चीस' को कलाकारको लाइनअप पूरा, छायांकनमा जाँदै

चलचित्र 'पच्चीस पच्चीस' को कलाकारको लाइनअप पूरा, छायांकनमा जाँदै

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र 'पच्चीस पच्चीस' का कलाकारको लाइनअप पूरा भएको छ। साउनमा आधिकारिक रूपमा निर्माणको घोषणा गरिएको चलचित्र अब छिट्टै छायांकनमा जाने भएको छ । चलचित्रमा अ...

#छायांकन
Compare →
Onlinekhabar
21h ago
हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका …

#फिल्म
Compare →
Ekantipur
23h ago
दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

अन्य सिक्वेलहरूको व्यापार कमजोर देखिएको समयमा दयाहाङका दुवै फिल्मले राम्रो कमाइ गर्दै २०८३ साललाई उनका लागि सुखद बनाएका छन्।

#फिल्म
Compare →

Related Stories

National (Nepal)
Build #2612