Trending
Prev Story
Next Story

विदेश पुर्‍याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल

Onlinekhabar •
November 17, 2026 • 08:01 AM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा …

विदेश पुर्‍याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल

१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’माथिको छलफलमा उनले यस्तो बताएकी हुन् ।

‘हामी मानव बेचबिखनलाई अझै परम्परागत दृष्टिकोणबाट हेरिराखेका छौँ । तर आजकल समाजमा, नेपालमा नेपाली युवाहरूले भोगिरहेको अवस्था हेर्ने हो भने मानव बेचबिखनको स्वरूप नै बदलिएको छ’ उनले भनिन्, ‘हाम्रा युवालाई आईटी विज्ञ, डिजिटल मार्केटिङ र ग्राहक सेवा प्रतिनिधिको रोजगारी दिने प्रलोभनमा विदेश पुर्‍याइन्छ तर त्यहाँ पुगेपछि राहदानी खोसिन्छ, बन्धक बनाइन्छ र अनलाइन ठगी, नक्कली प्रेम सम्बन्ध, क्रिप्टो करेन्सी ठगी तथा अनलाइन जुवा जस्ता गतिविधिमा जबरजस्ती संलग्न गराइन्छ ।’

यस्तो गतिविधिमा जबरजस्ती संलग्न गराउने कार्यलाई मानव बेचबिखनको दायरामा समेट्नुपर्ने उनको प्रस्ताव छ । उनले भनेकी छन्, ‘विदेशमा पुर्‍याएर काम गर्न अस्वीकार गर्दा यातना र धम्की दिइन्छ । यो केवल रोजगारीमा भएको ठगी मात्र होइन, मानव बेचबिखनको रूप पनि हो ।’

सांसद खनालले संसदीय समितिमा २६ असार २०८३ (१० जुलाई २०२६) सम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट ८३६ जना नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्ती गरेको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

उनका अनुसार तीमध्ये ७०९ जना कम्बोडिया र ११३ जना म्यानमारबाट उद्धार भएका थिए ।

‘यसको गम्भीरता बुझ्न यो एउटा तथ्य पर्याप्त छ’ उनले भनिन्, ‘सरकारले उद्धार र कूटनीतिक समन्वयको प्रयास गरेको छ तर प्रश्न के हो भने हामीले हाम्रा नागरिकलाई बेचबिखनमा पारिसकेपछि मात्र उद्धार गर्ने कि बेचबिखन हुने नदिने कानुनी र संस्थागत व्यवस्था पनि बनाउने ?’

जबरजस्ती साइबर ठगीमा लगाइएका नेपाली नागरिकलाई कतिपय अवस्थामा सम्बन्धित देशको कानुनले अपराधीको रूपमा हेर्न सक्ने उल्लेख गर्दै उनले थपिन्, ‘तर उनीहरू स्वयं मानव बेचबिखन र शोषणका पीडित हुन सक्छन्, त्यसैले उनीहरूको बाध्यत्मक परिस्थिति अनुसन्धान नगरी अपराधीको व्यवहार गर्नुहुँदैन । पीडितको पहिचान र संरक्षण सुनिश्चित हुनुपर्दछ ।’

यो पृष्ठभूमि र परिस्थिति समेत ख्याल गरेर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकलाई परिमार्जन गरेर अगाडि बढाउनुपर्ने उनको आग्रह छ ।

‘हामीले यस विधेयकलाई केवल पुरानो ऐनको संशोधनको रूपमा मात्र लिनुहुँदैन । यो बन्धनको प्रवृत्ति, अन्तरदेशीय, संगठित अपराध र मानव शोषणको नयाँ स्वरूपलाई सम्बोधन गर्ने अवसर पनि हो’ उनले भनेकी छन्, ‘राज्यको जिम्मेवारी नागरिक बेचबिखनमा परिसकेपछि उद्धार गर्नुमा मात्र सीमित हुनुहुँदैन । नागरिकलाई बेचबिखनमा पर्न नदिने सुरक्षा र उद्धार पछि समाजमा पुनर्स्थापना लगायतका प्रत्याभूति गर्नु पनि हो ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
39m ago
विदेश पुर्‍याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल

विदेश पुर्‍याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल

१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने बताएकी छन् । मंगलबा...

#मानव #बेचबिखन #विदेश
Compare →
Nagarik News
1d ago
सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

बस्नेतले सांसद, मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर टिप्पणी गरेका छन् । विदेश घुमेर देश नबन्ने भन्दै सरकारी भ्रमणको औचित्य, उद्देश्य र उपलब्धी सार्वजनिक हुनुपर्ने बताएका छन् ।

#विदेश #सांसद
Compare →
Ekantipur
1d ago
मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

वन क्षेत्र विस्तार, पूर्वाधार निर्माण, जलवायु परिवर्तन र जनसङ्ख्याको चापले बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे सम्मेलनमा छलफल हुनेछ।

#मानव
Compare →

Related Stories

Technology
Build #2612