Trending
Prev Story
Next Story

जलचर र वातावरण स्वच्छ राख्न राप्ती नदीको सरसफाइ

Ekantipur •
November 17, 2026 • 07:02 AM
2
2 reads 0 reactions

मंगलबार राप्तीको मुहान भैंसेदेखि हेटौंडा हुँदै चितवनको गोलाघाटसम्म नदी किनार सरसफाइ गरिएको हो।

जलचर र वातावरण स्वच्छ राख्न राप्ती नदीको सरसफाइ

मंगलबार राप्तीको मुहान भैंसेदेखि हेटौंडा हुँदै चितवनको गोलाघाटसम्म नदी किनार सरसफाइ गरिएको हो।

हेटौंडा — राप्ती नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले मकवानपुरका तीन स्थानमा सरसफाइ गरिएको छ । राप्ती नदीमा हुने प्रदूषणले जलचरमा नकारात्मक असर पार्ने भएकाले विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको अभियानअन्तर्गत मंगलबार मकवानपुरमा राप्ती नदीको मुहानदेखि तीन स्थान र चितवनको गोलाघाटसम्म सरसफाइ गरिएको हो ।

‘स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ आयोजित चौथो राप्ती नदी सरसफाइ अभियानको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले नदी किनारको फोहोर संकलन गरेर उद्घाटन गरेकी थिइन् ।

राप्ती नदीको मुहान भैंसेदेखि हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती नदीको तट हुँदै चितवनको गोलाघाटसम्म मंगलबार सरसफाइ अभियान सञ्चालन गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताए ।

मकवानपुरको राप्ती नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्छ । मकवानपुरस्थित राप्ती नदीमा हुने प्रदूषणले चितवन भएर बग्ने राप्तीका घडियाल गोहीलगायत जलचरलाई प्रभावित गर्ने गर्छ । राप्ती नदीको मुहान मकवानपुरको भैंसेमा पर्छ । नदीको मुहानदेखि पुछारसम्म सरसफाइ अभियान सञ्चालन गरिएको हो । मकवानपुरस्थित राप्तीको मुहान भैंसे, हेटौंडा उपमहानगरपालिका–१ र मनहरी गाउँपालिकाको क्षेत्र भएर बग्ने नदीमा मंगलबार करिब ३ सय जनाले सरसफाइ गरेका छन् ।

राप्ती नदीको सरसफाइमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, हेटौंडा उपमहानगरपालिका, जिल्ला वन कार्यालय र हेटौंडा साइकल सिटीलगायतका व्यक्ति सहभागी थिए ।

राप्ती नदी र त्यसवरपरको क्षेत्रबाट तीन ट्रयाक्टरभन्दा बढी फोहोर निकालिएको जिल्ला वन कार्यालय मकवानपुरका वरिष्ठ अधिकृत बसन्तराज गौतमले बताए । राप्ती नदीलाई प्रदूषणमुक्त बनाउन यो अभियानलाई निरन्तरता दिइने उनले बताए । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले २०७९ साल मंसिर १ गतेदेखि राप्ती नदी दिवस मनाउँदै आएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा आवश्यक संरचना निर्माण भइरहेको छ...

#राप्ती #हेटौंडा
Compare →
Onlinekhabar
6d ago
राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित …

#राप्ती
Compare →
Bizshala
1w ago
चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

काठमाण्डौ । अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ नेपाल प्रवेश गर्ने भएको छ। कम्पनीले...

#राप्ती
Compare →

Related Stories

Science & Climate
Build #2612