Trending
Prev Story
Next Story

इरानले अमेरिकामा ‘डर्टी ब’म’ ह’मलाको योजना बनाएको आशंका

Nagarik News •
November 17, 2026 • 05:54 AM
2
2 reads 0 reactions

योजनालाई कार्यान्वयन गर्ने जनशक्ति इरानसँग छ कि छैन भन्नेमा भने अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको छ।

इरानले अमेरिकामा ‘डर्टी ब’म’ ह’मलाको योजना बनाएको आशंका

इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सिएनएनले जनाएको छ।

गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन। तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ।

योजनालाई कार्यान्वयन गर्ने जनशक्ति इरानसँग छ कि छैन भन्नेमा भने अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको छ।

अमेरिकाभित्र बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचरले प्राप्त गरेको स्रोतले जनाएको छ।

यस्तो पदार्थ परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ। यसले ठूलो भय फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जयानीसँग कुराकानी गर्दै बहराइनमाथि इरानको आक्रमणको निन्दा गरेका छन्।

उनले खाडी क्षेत्रका साझेदारहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धता दोहोर्याएका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

उता, उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्व लामो युद्धमा परिणत नहुने बताए। फक्स न्युजसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भए पनि मध्यपूर्वमा लामो सैन्य प्रतिबद्धता कायम राख्ने अमेरिकी नीति नरहेको स्पष्ट पारे।

राष्ट्रपति ट्रम्पले अनुकूल परिणामसहित द्वन्द्व अन्त्य गर्ने विश्वास पनि उनले व्यक्त गरे।

प्रकाशित: १ मंसिर २०८३ ११:३९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

वासिङ्टन डिसी । इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तच...

#इरान #अमेरिकी #अमेरिका
Compare →
Ekantipur
4h ago
अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ

#इरान #अमेरिकी #गुप्तचर
Compare →
Onlinekhabar
1d ago
इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसबारे रिपोर्ट प्रकाशित गरेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले जनाएअनुसार …

#इरान #अमेरिकी #रहे
Compare →
Bizshala
1d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#इरान #अमेरिकी #अमेरिका
Compare →
Arthasansar
2d ago
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान...

#इरान
Compare →

Related Stories

World News
Build #2612