Trending
Prev Story
Next Story

पहिलो चौमासिकमा चार खर्ब ९६ अर्ब बजेट खर्च

Nagarik News •
November 17, 2026 • 05:23 AM
3
3 reads 0 reactions

पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ।

पहिलो चौमासिकमा चार खर्ब ९६ अर्ब बजेट खर्च

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो।

यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ।

चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको २७ दशमलव २९ प्रतिशतअर्थात् रु तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख खर्च भएको छ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बराबर विनियोजन भएको सात दशमलव ५३ प्रतिशतअर्थात् रु ३२ अर्ब ४४ करोड ८६ लाख खर्च भएको छ।

वित्तीय व्यवस्था शीर्षकमा यस वर्ष रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख बराबर बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २७ दशमलव ७६ प्रतिशतअर्थात् रु एक खर्ब १७ अर्ब ३२ करोड खर्च भएको छ।

सरकारले यस वर्ष रु १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा वार्षिक लक्ष्यको २३ दशमलव ३९ प्रतिशतअर्थात् रु तीन खर्ब ८४ अर्ब सात करोड बराबर प्राप्ति गरेको छ।

कूल रु १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्ममा २३ दशमलव ५८ प्रतिशतअर्थात् रु तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख बराबर राजस्व उठेको छ।

वैदेशिक अनुदानतर्फ यस वर्ष रु ६१ अर्ब ७४ करोड ५४ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १४ दशमलव पाँच प्रतिशतअर्थात् रु आठ अर्ब ६७ करोड ३५ लाख बराबर अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिएको छ।

प्रकाशित: १ मंसिर २०८३ ११:०८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
40m ago
पहिलो चौमासिकमा चार खर्ब ९६ अर्ब बजेट खर्च

पहिलो चौमासिकमा चार खर्ब ९६ अर्ब बजेट खर्च

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरका...

#दशमलव #खर्ब #खर्च
Compare →
Onlinekhabar
1w ago
बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

२३ कात्तिक, काठमाडौं । नेपालमा खर्च हुने कुल बजेटमध्ये आधाभन्दा धेरै सामान्य सार्वजनिक सेवा र सामाजिक सुरक्षाका काममा हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा …

#खर्ब #खर्च #बजेट
Compare →
Ekantipur
1w ago
कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले सय दिनमा कानुन निर्माण, प्रशासनिक सुधार र पूर्वाधार विकासका काम अघि बढाएको विवरण सार्वजनिक गरेको छ । तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म पुँजीगत बजेट खर्च भने ३.९३ प्रतिशत मात्रै छ ।

#खर्च #बजेट
Compare →
Arthasansar
1h ago
बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज मंगलबार २ खर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र...

#खर्ब
Compare →
Bizshala
3d ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2612