Trending
Prev Story
Next Story

ट्रम्प-सी-पुटिन भेट ऐतिहासिक रुपमा महत्त्वपूर्ण : चीन

Ekantipur •
November 17, 2026 • 01:32 AM
2
2 reads 0 reactions

सोमबार मनिलामा बोल्दै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले यी तीन देशको शिखर बैठकबाट उत्पन्न हुन सक्ने जुनसुकै निःशस्त्रीकरण प्रयासलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्

ट्रम्प-सी-पुटिन भेट ऐतिहासिक रुपमा महत्त्वपूर्ण : चीन

सोमबार मनिलामा बोल्दै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले यी तीन देशको शिखर बैठकबाट उत्पन्न हुन सक्ने जुनसुकै निःशस्त्रीकरण प्रयासलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्

बेइजिङ — यस हप्ता चीनको सेन्जेनमा सी चीनफिङ, डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने त्रिपक्षीय बैठकको 'ऐतिहासिक महत्त्व' रहेको र यसले विश्व शान्ति तथा स्थिरतालाई प्रवर्द्धन गर्ने चीनको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ। एपेक सम्मेलनको आयोजनास्थलमा तीन नेताले बिहीबार साइडलाइन बैठक गर्न लागेका हुन् ।

ह्वाइट हाउसले गत हप्ता जनाए अनुसार ट्रम्पले बैठकमा आणविक हतियार न्यूनीकरणका प्रयासहरू उठाउने छन्। सबभन्दा ठूलो आणविक भण्डार रहेका अमेरिका र रुससँग आणविक हतियारबारे कुराकानी गर्न चीनले भने अस्वीकार गर्दै आएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा पत्रकारहरूलाई बताएअनुसार चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखहरू पहिलोपटक फेस टू फेस त्रिपक्षीय बैठकमा बस्‍न लागेका हुन् ।

'उहाँहरूले विश्व शान्ति रक्षा गर्न र प्रमुख शक्ति राष्ट्रहरूको सम्बन्धमा रणनीतिक स्थिरता प्रवर्द्धन गर्ने विषयमा गहिरो विचार विमर्श गर्नुहुनेछ, जसको ऐतिहासिक महत्त्व छ,' उनले थपिन् ।

वर्तमान परिस्थिसँगै विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्व शान्ति तथा स्थिरतालाई प्रवर्द्धन गर्न आपसी सहयोग गर्ने महत्त्वपूर्ण जिम्मेवारी यी तीन वटै देशको काँधमा रहेको माओले बताइन्।

माओले थपिन्, 'चीन, रुस र अमेरिकाबीचको बलियो संवाद, आपसी मतभेदको व्यवस्थापन र सम्बन्धलाई स्थिर बनाउनु तीनटै देशको हितमा छ।'

यसले अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई पनि पूरा गर्ने र "वैश्विक अवस्थालाई स्थिर बनाउन तथा संवाद र सहकार्यलाई अगाडि बढाउन" सहयोग पुर्‍याउने उनले बताइन्।

त्रिपक्षीय बैठकको एजेन्डामा ठ्याक्कै के-के विषय छन् भन्ने बारेमा माओले कुनै विस्तृत विवरण दिइनन्।

सोमबार मनिलामा बोल्दै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले यी तीन देशको शिखर बैठकबाट उत्पन्न हुन सक्ने जुनसुकै निःशस्त्रीकरण प्रयासलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्।

रुस र अमेरिकाको विशाल आणविक आर्सनल भएका कारण उनीहरूले नै प्रत्यक्ष कुरा गर्नु बढी उपयुक्त हुने चीनले बताउँदै आएको छ।

बढ्दो भूराजनीतिक तनाव र प्रमुख शक्ति राष्ट्रहरूबीचको बढ्दो प्रतिस्पर्धाले विश्वव्यापी आणविक जोखिमलाई बढाएको चेतावनी दिँदै संयुक्त राष्ट्रसंघले लामो समयदेखि आणविक निःशस्त्रीकरणको वकालत गर्दै आएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
18h ago
ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले ठूलो धक्का व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै हप्ता एसिया भ्रमणमा निस्कँदै छन्। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता …

#ट्रम्प #चीन #पुटिन
Compare →
Hamro Patro News
17h ago
चीनले भन्यो : नोभेम्बर १९ मा सी, ट्रम्प र पुटिनबिच पहिलोपटक भेटवार्ता हुँदै छ

चीनले भन्यो : नोभेम्बर १९ मा सी, ट्रम्प र पुटिनबिच पहिलोपटक भेटवार्ता हुँदै छ

चीनले आफ्ना राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच यही नोभेम्बर १९ मा सेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ। तीन प्रमुख ...

#ट्रम्प #चीन #पुटिन
Compare →
Nagarik News
21h ago
ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

अमेरिका, चीन र रूसका राष्ट्र प्रमुख अर्को साता चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका छन्।

#ट्रम्प #चीन #पुटिन
Compare →
Bizshala
1d ago
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी...

#ट्रम्प #चीन #पुटिन
Compare →
Arthasansar
1d ago
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय...

#चीन
Compare →

Related Stories

World News
Build #2612