Trending
Prev Story
Next Story

बूढीगण्डकी बाढी : ‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’

Arthasansar •
October 11, 2026 • 12:56 PM
2
2 reads 0 reactions

गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बाढी आएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पहिरोका कारण नदिको...

बूढीगण्डकी बाढी : ‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’

गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बाढी आएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पहिरोका कारण नदिको बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको सेनाले जनाएको हो ।

नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो । श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५ः५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको बताइएको छ  ।

त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको सेनाले जनाएको छ । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो । नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
13m ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो #गोरखा #सुक्खा
Compare →
Nagarik News
2d ago
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#पहिरो #सुक्खा
Compare →
Hamro Patro News
3d ago
घोप्टेभिरको पहिरोले सडक अवरुद्ध, तिहार मनाउन गएका यात्रुहरू अलपत्र

घोप्टेभिरको पहिरोले सडक अवरुद्ध, तिहार मनाउन गएका यात्रुहरू अलपत्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा निरन्तर पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् । हिजो बिहान खसेको पहिरो दिउँसो केही समय खुलेको थियो । फेरि...

#पहिरो
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पहिरो
Compare →
Ekantipur
4d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

#पहिरो
Compare →

Related Stories

Business & Economy
Build #2612