३० कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको छ । यद्यपि जलवायु वित्त, अनुकूलन, हानि तथा नोक्सानी र उत्सर्जन न्यूनीकरणका विषयमा ठोस निर्णय हुन बाँकी रहेको विज्ञहरूले बताएका छन् ।
सम्मेलनको पहिलो सातामा भएका वार्ता र छलफलले केही सकारात्मक आधार तयार गरे पनि तिनलाई प्रभावकारी निर्णय र कार्यान्वयनमा रूपान्तरण गर्नु दोस्रो साताको मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ । कोप सम्मेलनको लामो अनुभव सम्हालिसक्नुभएका जलवायु विज्ञ मञ्जित ढकालले सम्मेलनको पहिलो सातामा प्राविधिक तहका छलफलबाट राजनीतिक तथा मन्त्रीस्तरीय वार्तातर्फ प्रक्रिया अघि बढेको जानकारी दिए ।
Read full story at source ( onlinekhabar.com )