काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले हाल कायम मूल्यमा परिवर्तन नगर्ने निर्णय गरेको हो।
निगमका अनुसार इण्डियन आयल कर्पोरेसन ९आईओसी० बाट २०८३ कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भएको थियो। प्राप्त नयाँ मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन गर्नुपर्ने भए पनि निगम सञ्चालक समितिको कात्तिक ३० गतेको निर्णयअनुसार साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको हो।
Read full story at source ( barnanmedia.com )