Trending
Prev Story
Next Story

जुवा खालबाट १९ जना पक्राउ

Onlinekhabar •
November 16, 2026 • 12:30 PM
4
4 reads 0 reactions

३० कात्तिक, काठमाडौं । जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ललितपुरबाट १९ जनालाई पक्राउ गरेको छ । दुई फरक ठाउँबाट १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । गोदावरी नगरपालिका–६ भैंसेस्थित भैंसेडाँडा रिसोर्ट …

जुवा खालबाट १९ जना पक्राउ

३० कात्तिक, काठमाडौं । जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ललितपुरबाट १९ जनालाई पक्राउ गरेको छ ।

दुई फरक ठाउँबाट १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । गोदावरी नगरपालिका–६ भैंसेस्थित भैंसेडाँडा रिसोर्ट र गोदावरी–५ कै चम्पेश्वरीस्थित यमकुमार श्रेष्ठको घरबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट ५ लाख ७३ हजार ६३५ रुपैयाँ र ५ बुक तास समेत बरामद भएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
8h ago
दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ

दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ

तुलसीपुर उपमहानगरपालिका–५, मासु मार्केटस्थित तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ५ लाख ३० हजार २ सय ३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको थियो।

#जुवा #खाल
Compare →
Hamro Patro News
3d ago
जुवाको खालबाट तीन जिल्लाका २३ व्यक्ति पक्राउ

जुवाको खालबाट तीन जिल्लाका २३ व्यक्ति पक्राउ

काठमाडौं । जुवाको खालबाट भक्तपुर , रूकुम पश्चिम र सुनसरी जिल्लाबाट २३ व्यक्ति पक्राउ परेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनि...

#जुवा #खाल
Compare →
Nagarik News
1h ago
३४ जुवाडे ११ लाखसहित पक्राउ

३४ जुवाडे ११ लाखसहित पक्राउ

दाङ र ललितपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कुल ११ लाख ३ हजार ८७० रुपैयाँसहित ३४ जनालाई पक्राउ गरेको छ।

#ललितपुर #जुवा
Compare →

Related Stories

National (Nepal)
Build #2612