Trending
Prev Story
Next Story

कात्तिक महिनामा ६४ हजार बढीले गरे पाथीभराको दर्शन

Nagarik News •
November 16, 2026 • 11:08 AM
4
4 reads 0 reactions

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजार बढीले मन्दिरको दर्शन गरका छन् ।

कात्तिक महिनामा ६४ हजार बढीले गरे पाथीभराको दर्शन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजार बढीले मन्दिरको दर्शन गरका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ६४ हजार १ सय ६ जनाले मन्दिरको दर्शन गरेका हुन् ।

कात्तिक महिनाको अन्तिम शनिवार पाथीभरामा ११ हजार २ सय ७२ जनाले मन्दिरको दर्शन गरेका थिए । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङका अनुसार एकैदिन यति बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेको तीनबर्ष यताकै यो पहिलो थियो ।

क्षेत्र विकास समितिले कात्तिक महिनामा गणना भएको भेटी रकम भने मंगलवार मात्र सार्वजनिक हुने बताएको छ । क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले सोमवार सार्वजनिक बिदा भएकोले मंगलवार कात्तिक महिनामा गणना भएको रकम सार्वजनिक हुने जानकारी दिए ।

क्षेत्र विकास समितिले मासिक रुपमा मन्दिरमा गएका दर्शनार्थी तथा गणना भएको रकमको विवरण सार्वजनिक गर्दै आइरहेको छ ।

प्रकाशित: ३० कार्तिक २०८३ १६:५३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
पाथीभरामा ६४ हजार बढी दर्शनार्थी

पाथीभरामा ६४ हजार बढी दर्शनार्थी

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ...

#कात्तिक #पाथीभरा #दर्शन
Compare →
Onlinekhabar
2h ago
कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

३० कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन …

#कात्तिक
Compare →
Ekantipur
23h ago
सभामुख अर्यालद्वारा वीरगन्जका छठ घाटको दर्शन

सभामुख अर्यालद्वारा वीरगन्जका छठ घाटको दर्शन

सभामुख अर्यालले वीरगन्जको पूर्वतर्फ बाराको इटियाहीस्थित छठ घाटमा समेत पुगेर छठी माताको दर्शन गरेका थिए।

#दर्शन
Compare →

Related Stories

Technology
Build #2612