Trending
Prev Story
Next Story

ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने

Ekantipur •
November 16, 2026 • 10:32 AM
3
3 reads 0 reactions

हिमालयन ट्रस्ट यूकेको ८० प्रतिशत अनुदान र फक्ताङलुङ गाउँपालिकाको २० प्रतिशत लागतमा तापेथोकमा शैक्षिक स्रोत केन्द्र निर्माण गरिनेछ।

ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने

हिमालयन ट्रस्ट यूकेको ८० प्रतिशत अनुदान र फक्ताङलुङ गाउँपालिकाको २० प्रतिशत लागतमा तापेथोकमा शैक्षिक स्रोत केन्द्र निर्माण गरिनेछ।

ताप्लेजुङ — पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा ७ करोड बढीको लागतमा ‘शैक्षिक स्रोत केन्द्र (एजुकेसन रिसोर्स सेन्टर)’ बन्ने भएको छ ।

बेलायतमा सञ्चालित हिमालयन ट्रस्ट युकेको ८० प्रतिशत अनुदान सहयोग र फक्ताङलुङ गाउँपालिकाको २० प्रतिशत लागतमा सामर्थ्य फाउण्डेसन नेपालले स्रोत केन्द्र निर्माणको तयारी गरेको हो ।

नेपालकै नमुना मध्येको एक बनाउने लक्ष्य राखिएको स्रोत केन्द्रमा शिक्षकहरूले शैक्षिक तालिम पाउनुका साथै शैक्षिक अध्ययन केन्द्रको रुपमा रहने सामथ्र्र्य फाउण्डेसनका कार्यकारी निर्देशक उज्वल अमात्यले जानकारी दिए । यसमा आइसिटी रुम, आइसिटी ल्याबदेखि अत्याधुनिक प्रविधि जडित कक्ष हुनेछन् ।

फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा बनाउन लागिएको केन्द्र तीन वर्षमा सम्पन्न हुने फाउण्डेसनका ताप्लेजुङ प्रबन्धक राजेन्द्र पन्तले बताए । यसकालागि गाउँपालिकाले ४ रोपनी जमिनको व्यवस्थापन गरिदिने भएको छ । ‘हामीले जग्गाको व्यवस्थापन र त्यहाँसम्म यातायात पुर्‌याउने व्यवस्था तत्कालै गरिदिन्छौं,’ गाउँपालिका अध्यक्ष राजन लिम्बूले भने, ‘हिमालयन ट्रस्टले ल्याएको योजनाप्रति हामी सकारात्मक भएर साझेदारी गर्न लागेका हौं।’

हिमालयन ट्रष्टले दुई दशकदेखि जिल्लाको फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाको शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । यस अघिसम्म ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्रमार्फत गर्दै आएको थियो भने अहिले सामर्थ्य फाउन्डेसनमार्फत सुरु गरेको छ । ‘यो केन्द्रबाट फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका माध्यमिक तहका कक्षा प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने तयारी पनि छ,’ प्रबन्धक पन्तले भने, ‘बालबालिका र उनिहरुका अभिभावकलाई रोजगारमुखी बनाउने उद्देश्यसहितले पनि काम गरिरहेका छौं ।’

समग्र जिल्ला र अन्य जिल्लाकालाई पनि भ्रमणस्थल बनाउने लक्ष्य फाउण्डेसनले लिएको छ । शैक्षिक अध्ययनमा आउने स्वदेशी तथा बिदेसिले लामो समयसम्म बसेर अध्ययन गर्न पाउनेछन् भने त्यसको उपलब्धि र उनीहरूको अनुभव छोडेर जानेगरिको व्यवस्थापन मिलाइने पन्त बताउँछन् ।

सदरमुकाम फुङलिङबाट करिब ३० किलोमिटर दूरीमा रहेको फक्ताङलुङ गाउँपालिकामा निर्माण सम्पन्न भएपश्चात दातृ निकायले पालिकालाई हस्तान्तरण गर्नेछ । व्यवस्थापन, कार्य सञ्चालनकालागि तीनै निकाय सहभागी समिति बनाउने विषयमा छलफल भएको तर यसको अपनत्व पालिकाले लिने अध्यक्ष लिम्बूले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

२१ जनाको नाम प्रमाण नपुगेर रद्द भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाइएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

#ताप्लेजुङ
Compare →
Hamro Patro News
1w ago
रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्या...

#स्रोत
Compare →
Onlinekhabar
1w ago
रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

१८ कार्तिक, रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा …

#स्रोत
Compare →

Related Stories

Business & Economy
Build #2612