Trending
Prev Story
Next Story

४६ वर्षको उमेरमा मैदान फर्किए दिग्गज फुटबलर रोनाल्डिन्हो

Nagarik News •
November 16, 2026 • 07:44 AM
4
4 reads 0 reactions

ब्राजिलका दिग्गज फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन्।

४६ वर्षको उमेरमा मैदान फर्किए दिग्गज फुटबलर रोनाल्डिन्हो

ब्राजिलका दिग्गज फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन्।

उनले आइतबार इटालीको तेस्रो डिभिजनको क्लब राभेन्नाबाट खेल खेलेका हुन्। उक्त खेलमा राभेन्नाले २–० गोलको जित हासिल गरेको थियो।

रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सेका लागि आफ्नो अन्तिम खेल खेलेका थिए। त्यसपछि उनले व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए।

गत अगस्टमा उनी राभेन्ना क्लबमा लगानीकर्ताका रूपमा आबद्ध भएका थिए। अहिले भने सोही क्लबबाट खेल्न मैदानमा फर्किएका हुन्।

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलका लागि फिफा विश्वकप र सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनले बार्सिलोना र एसी मिलानबाट लिग उपाधिसमेत जितेका छन्।

सन् २००५ मा उनले बालोन डी’ओर र फिफा विश्व वर्ष खेलाडीको अवार्ड जितेका थिए। आफ्नो व्यावसायिक फुटबल करियरमा रोनाल्डिन्होले कुल २९९ गोल गरेका थिए।

रोनाल्डिन्होले बार्सिलोनाका अतिरिक्त पीएसजी, ग्रेमियो, फ्लामेङ्गो, एट्लेटिको मिनेरो र फ्लुमिनेन्सेका लागि पनि खेलेका थिए। उनले मेक्सिकोको क्लब क्वेरेटारोबाट समेत फुटबल खेलेका छन्।

प्रकाशित: ३० कार्तिक २०८३ १३:२९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
४६ वर्षको उमेरमा मैदान फर्किए फुटबल खेलाडी रोनाल्डिन्हो

४६ वर्षको उमेरमा मैदान फर्किए फुटबल खेलाडी रोनाल्डिन्हो

ब्राजिलका महान् फुटबल खेलाडी रोनाल्डिन्हो ४६ वर्षको उमेरमा मैदानमा फर्किएका छन्। उनले आइतबार इटालियन तेस्रो डिभिजन क्लब रेवेन्नाबाट खेलेका हुन्। जुन खेलमा रेवेन्नाले खेल २-० ले जित हासिल गर्‍यो। ...

#रोनाल्डिन्हो #मैदान #फर्किए
Compare →
Onlinekhabar
1d ago
१५ वर्ष विदेश बसेर फर्किएका गुरुङ बङ्गुरपालनमा रमाउँदै

१५ वर्ष विदेश बसेर फर्किएका गुरुङ बङ्गुरपालनमा रमाउँदै

२९ कात्तिक, नवलपुर (नवलपरासी) । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बिताएर फर्किएका नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ अहिले बङ्गुरपालनमा जुटेका छन् । अरूको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने …

#फर्किए
Compare →
Ekantipur
1w ago
कीर्तिपुर क्रिकेट मैदान वरपरको सडक ९० दिनभित्र कालोपत्र गरिने

कीर्तिपुर क्रिकेट मैदान वरपरको सडक ९० दिनभित्र कालोपत्र गरिने

मैदानमा धुलो उड्ने समस्या हटाउन पानी व्यवस्थापनसहित सडक कालोपत्र गर्न लागिएको हो, यसका लागि ६ करोड ७४ लाख ८७ हजार रुपैयाँमा नयाँयुग-मालिन्य जेभीले ठेक्का पाएको छ ।

#मैदान
Compare →

Related Stories

Sports
Build #2612