Trending
Prev Story
Next Story

हेटौंडा-काठमाडौं रुटमा यात्रु बोक्ने सवारीको अनिवार्य जाँच

Onlinekhabar •
November 16, 2026 • 07:31 AM
10
10 reads 0 reactions

३० कात्तिक, काठमाडौं । हेटौंडा-काठमाडौं रुटमा चल्ने यात्रुबाहक भाडाका एवं सार्वजनिक सवारीसधानहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने भएको छ । हेटौंडाबाट भैंसे-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी वा फाखेल सडक खण्डबाट काठमाडौं आउजाउ गर्ने यात्रुबाहक सवारीसाधनहरू पूर्ण …

हेटौंडा-काठमाडौं रुटमा यात्रु बोक्ने सवारीको अनिवार्य जाँच

३० कात्तिक, काठमाडौं । हेटौंडा-काठमाडौं रुटमा चल्ने यात्रुबाहक भाडाका एवं सार्वजनिक सवारीसधानहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने भएको छ ।

हेटौंडाबाट भैंसे-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी वा फाखेल सडक खण्डबाट काठमाडौं आउजाउ गर्ने यात्रुबाहक सवारीसाधनहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय यो रुटमा दुर्घटना बढेको भन्दै प्रशासनले यात्रुवाहक सवारीसाधनमाथि कडाइ गर्न लागेको हो ।

मकवानपुरभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीले समेत कडाइका साथ भाडाका एवं यात्रुबाहक प्रत्यके सवारीसाधन अनिवार्य रूपमा चेकजाँच गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले निर्देशन दिएको छ ।

साथै यी रुट भएर सञ्चालन हुने यात्रुबाहक सवारीसाधनहरू बिहान साढे ५ बजे चौकीटोला तथा साँझ ६ बजेभित्रमा भैंसे प्रहरी चेक पोस्ट पार भइसकेको हुनुपर्नेछ । बिहान ५ बजेपछि मात्रै भैंसे प्रहरी चेकपोष्टबाट उक्त रुटमा चल्ने यात्रुबाहक सवारी साधनहरू सञ्चालन हुने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
6h ago
काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा आजदेखि ‘पशु वधशाला तथा मासु...

#काठमाडौं #जाँच
Compare →
Ekantipur
23h ago
कात्तिकमा काठमाडौंमा मात्रै १२ हजार ९६७ सवारी चालक कारबाहीमा

कात्तिकमा काठमाडौंमा मात्रै १२ हजार ९६७ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।

#काठमाडौं #सवारी
Compare →
Hamro Patro News
1h ago
काठमाडौं उपत्यकामा आजदेखि मासु किनबेचमा कडा नियम लागू : मिसावट गरे कैद र जरिवाना

काठमाडौं उपत्यकामा आजदेखि मासु किनबेचमा कडा नियम लागू : मिसावट गरे कैद र जरिवाना

सर्वोच्च अदालतको परमादेशपछि साढे दुई दशक पुरानो ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ आज (मङ्सिर १ गते) देखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कार्यान्वयनमा आएको छ। नयाँ नियमअनुसार अब जथाभावी पशुपन्...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612