Trending
Prev Story
Next Story

विद्यालयको कभर्ड हल बनाउन देउसी खेलेर २६ लाख संकलन

Ekantipur •
November 16, 2026 • 05:02 AM
4
4 reads 0 reactions

जालपा माविको बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि कात्तिक १९ देखि २९ गतेसम्म विभिन्न ठाउँमा खेलिएको देउसीमा २६ लाख ७७ हजार रूपैयाँ सङ्कलन भएको हो ।

विद्यालयको कभर्ड हल बनाउन देउसी खेलेर २६ लाख संकलन

जालपा माविको बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि कात्तिक १९ देखि २९ गतेसम्म विभिन्न ठाउँमा खेलिएको देउसीमा २६ लाख ७७ हजार रूपैयाँ सङ्कलन भएको हो ।

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माविको बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि खेलिएको देउसीबाट करिब २६ लाख बढी सङ्कलन भएको छ ।

तिहारको अवसर पारेर कात्तिक १९ देखि २९ गतेसम्म विभिन्न ठाउँमा खेलिएको देउसीमा २६ लाख ७७ हजार रूपैयाँ सङ्कलन भएको हो ।

विद्यालयका शिक्षक राजेन्द्र अधिकारीका अनुसार आइतबार दिक्तेलमा खेलिएको देउसीमा ७ लाख ७ हजार सङ्कलन भएको छ । त्यस्तै गत कात्तिक १९ देखि २२ गतेसम्म तराईका विभिन्न ठाउँमा खेलिएको देउसीमा १८ लाख सङ्कलन भएको छ ।

उदयपुरको बसाहा, मोरङको विराटनगर, लेटाङ, सुनसरीको धरान, इटहरी र तरहरामा देउसी खेलिएको थियो । त्यसैगरी कात्तिक २० देखि २२ गतेसम्म जालपामा खेलिएको देउसीमा एक लाख ७० हजार गरी २६ लाख ७७ हजार रूपैयाँ सङ्कलन भएको देउसीमा सहभागी पूर्वशिक्षक अर्जुन राईले बताए ।

उक्त कभर्ड हलका लागि करिब ५० लाख लाग्ने अनुमान गरिएको प्रअ दिलबहादुर राईले बताए। देउसीबाट सङ्कलन भएको रकम र संघ, प्रदेश तथा स्थानीय गरी तीनै तहको सरकारलाई भवन निर्माणका लागि अनुरोध गर्ने राईको भनाइ छ । ‘कभर्ड हलको ट्रष्ट भवन निर्माण गर्न करिब ५० लाख लाग्ने अनुमान गरिएको छ,’ राईले भने,‘देउसीबाट सङ्कलन भएको रकम र तीनै तहको सरकारलाई समेत अनुरोध गरेर भवन निर्माण गर्ने लक्ष्य राखिएको छ, सायद पुसबाटै भवन निर्माण सुरु हुन्छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
देउसी–भैलोमा नृत्य गरेका तीन युवती किन पक्राउ परे ?

देउसी–भैलोमा नृत्य गरेका तीन युवती किन पक्राउ परे ?

भैरहवा– देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन युवतीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार (कात्तिक २६ गते) वडा प्...

#देउसी
Compare →

Related Stories

Education & Youth
Build #2612