Trending
Prev Story
Next Story

एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार

Ekantipur •
October 22, 2026 • 04:30 PM
2
2 reads 0 reactions

लिग चरणका खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम टिकट १ हजार रुपैयाँ तोकिएको छ । इलिमिनेटर तथा फाइनलका लागि भने टिकटको मूल्य दोब्बर निर्धारण गरिएको छ ।

एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार

लिग चरणका खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम टिकट १ हजार रुपैयाँ तोकिएको छ । इलिमिनेटर तथा फाइनलका लागि भने टिकटको मूल्य दोब्बर निर्धारण गरिएको छ ।

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकट मूल्य निर्धारण गरेको छ ।

क्यानले सार्वजनिक गरेको टिकट दरअनुसार लिग चरणका खेलका लागि साधारण टिकट ५ सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतियोगिताका टिकट आज साँझदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि टीयू क्रिकेट स्टेडियममा सुरु हुँदै छ ।

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
19m ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →
Nagarik News
13h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612