Trending
Prev Story
Next Story

लिगको अन्तिम खेलमा पोखराको सान्त्वना जित, ‘क्वालिफायर १’ बाट चुक्यो काठमाडौं

Nagarik News •
November 15, 2026 • 02:56 PM
4
4 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै सान्त्वना जित निकालेको छ।

लिगको अन्तिम खेलमा पोखराको सान्त्वना जित, ‘क्वालिफायर १’ बाट चुक्यो काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै सान्त्वना जित निकालेको छ।

यो हारसँगै काठमाडौं गोर्खाज शीर्ष दुईमा रहेर ‘क्वालिफायर १’ खेल्ने अवसरबाट चुकेको छ।

पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमै अलआउट भयो। हारपछि काठमाडौं ७ खेलबाट ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमै सीमित रह्यो।

अब ११ अङ्कसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सबीच ‘क्वालिफायर १’ हुनेछ भने काठमाडौंले चौथो स्थानको चितवन राइनोजसँग प्लेअफको अर्को खेल खेल्नुपर्नेछ।

उता, लिगको पुछारमा रहेको पोखराले जितसँगै ७ खेलबाट ४ अङ्क जोडेर प्रतियोगिता टुङ्ग्याएको छ। विशाल लक्ष्य पछ्याउने क्रममा काठमाडौंका ओपनर तथा विकेटकिपर साहिल पटेलले ३४, रशिद खानले ३१, विलियम बोसिस्टोले २६ र जहान्दाद खानले २४ रन जोडे। भीम सार्की ८, सहन अरच्चिगे १ र सुमित महर्जन ३ रनमा आउट भए भने कप्तान करण केसी तथा सन्तोष यादव शून्यमै पभेलियन फर्किए।

अन्त्यतिर सोनु देवकोटाले १४ बलमा ४ छक्कासहित आक्रामक २९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। गणेश गौतम शून्य रनमा अविजित रहे।

काठमाडौंलाई रोक्न पोखराका दिनेश खरेलले ४ ओभरमा केवल १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, विपिन खत्रीले ४ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे भने सन्नी बिकेले १ ओभर मेडन राख्दै बिनाकुनै रन १ विकेट लिए।

रमेश मेन्डिसले ४ ओभरमा ४० रन र युवराज सम्राले ०.५ ओभरमा २४ रन खर्चेर १-१ विकेट लिए। फिल्डिङमा कुशल भुर्तेलले ४ र कप्तान चमिका करुणारत्नेले ३ क्याच लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको विशाल योगफल बनाएको थियो। २.२ ओभरमा १७ रन हुँदा ओपनर तथा विकेटकिपर अर्जुन कुमाललाई गुमाए पनि कुशल भुर्तेल र युवराज सम्राले दोस्रो विकेटका लागि १८६ रनको विशाल साझेदारी गरे।

भुर्तेल ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा सम्रा ५५ बलमा ८ चौका र ५ छक्कासहित ८९ रन बनाएर १९औं ओभरमा करण केसीको बलमा आउट भएका थिए।

अन्त्यतिर पोखराका कप्तान चमिका करुणारत्नेले ७ बलमा १ चौका र २ छक्कासहित अविजित १९ रन तथा धनञ्जय लक्षणले अविजित २ रन जोडे।

बलिङतर्फ काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ तथा जहान्दाद खानले ४ ओभरमा ४७ रन दिएर १ विकेट लिए।

रशिद खानले ४ ओभरमा ५५, सहन अरच्चिगेले ३ ओभरमा ४०, गणेश गौतमले ३ ओभरमा २५ र सन्तोष यादवले २ ओभरमा २१ रन खर्चिए।

प्रकाशित: २९ कार्तिक २०८३ २०:४१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
एनपीएलः काठमाडौंविरूद्ध पोखरा ब्याटिङ क्रिजमा

एनपीएलः काठमाडौंविरूद्ध पोखरा ब्याटिङ क्रिजमा

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्चर्सले पहिला ब्याटिङ सुरु गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गरेको हो...

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Onlinekhabar
1h ago
कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कुशल भुर्तेल र युवराज सिंह सम्राको …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Ekantipur
2h ago
काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Bizshala
4h ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
5h ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612