Trending
Prev Story
Next Story

महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो

Nagarik News •
November 15, 2026 • 12:52 PM
4
4 reads 0 reactions

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ।

महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ।

कांग्रेस महानगर समितिको आयोजनामा पार्टीको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन दुबो रोपिएको हो।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनस्रोपन तथा संरक्षण गर्न आज पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका हुन्।

पार्टीले कार्यक्रमअघि सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरेको हो।

आज कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय  सदस्य तथा स्थानीय नेता, कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका छन्।

क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको कांग्रेस महानगरका सभापति इन्जिनीयर सुशन वैद्यले जानकारी दिए।

उनका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको काम पनि भइरहेको छ।

सभापति वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए।

कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे।

‘महाधिवेशन स्थलका रूपमा हामीले खुल्लामञ्च प्रयोग गर्दा  वर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ। दुई दिन परेको भारी वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो। त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो’, उनले भने।

उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए।

सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारी पनि भएको उनको भनाइ छ।

दुबो रोप्ने कार्यक्रममा पार्टीकी सहमहामन्त्री प्रतिमा गौतम, केन्द्रीय सदस्यहरु जनक चट्टौत, लेखनाथ पोखरेल, सीता मिजारलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

प्रकाशित: २९ कार्तिक २०८३ १८:३७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
10h ago
महाधिवेशनले बिगारेको खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो

महाधिवेशनले बिगारेको खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको …

#महाधिवेशन #खुलामञ्च #कांग्रेस
Compare →
Ekantipur
2h ago
आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

बाढीले क्षति पुगेका २२ मेगावाटको माई जलविद्युत केन्द्र र सात मेगावाटको माई क्यास्केड सोही वर्षको फागुनबाट भने सञ्चालनमा आएको छ ।

#क्षति
Compare →
Bizshala
3h ago
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको...

#पुगे
Compare →
Hamro Patro News
8h ago
राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ प्रतिनिधि छानिने, ४० वर्षमुनिका युवा अनिवार्य

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ प्रतिनिधि छानिने, ४० वर्षमुनिका युवा अनिवार्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। प्रतिनिधि छनोट गर्दा ४० वर्षमु...

#महाधिवेशन
Compare →

Related Stories

Politics & Governance
Build #2612