Trending
Prev Story
Next Story

सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

Ekantipur •
November 15, 2026 • 01:32 PM
4
4 reads 0 reactions

प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्‍मा पेस हुने तयारीमा छ । आम सञ्चारको मस्यौदा बन्दै छ भने दूरसञ्चार विधेयक र नीति अझै तयारीकै चरणमा छन् ।

सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्‍मा पेस हुने तयारीमा छ । आम सञ्चारको मस्यौदा बन्दै छ भने दूरसञ्चार विधेयक र नीति अझै तयारीकै चरणमा छन् ।

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सञ्चार क्षेत्रसँग सम्बन्धित तीन वटा कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । प्रेस काउन्सिललाई प्रतिस्थापन गर्ने नयाँ विधेयक मन्त्रिपरिषद्‍मा पुगिसकेको छ भने आम सञ्चार विधेयक र दूरसञ्चार विधेयक मस्यौदा तथा तयारीकै चरणमा छन् ।

मन्त्रालयले प्रेस काउन्सिलसम्बन्धी विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संशोधन भएर मन्त्रिपरिषद्‍मा प्रस्ताव गरिसकेको जनाएको छ । अब बस्ने संसद् अधिवेशनमा दर्ता गर्ने तयारी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले बताए ।

‘प्रेस काउन्सिल विधेयक कानुन मन्त्रालयमार्फत संशोधन भएर क्याबिनेटमा प्रस्ताव भइसकेको छ । मन्त्रालयले गर्नुपर्ने काम गरिसकेकाले अब बस्ने संसद्‍मा पेस हुने अवस्थामा छ,’ उनले भने ।

प्रेस काउन्सिलसम्बन्धी नयाँ कानुन निर्माणसँगै मन्त्रालयले आम सञ्चार क्षेत्रका छुट्टाछुट्टै कानुनलाई एकीकृत गर्ने तयारी पनि गरिरहेको छ । त्यसका लागि छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८, राष्ट्रिय प्रसारण ऐन, २०४९ र श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ लाई समेटेर आम सञ्चार विधेयक ल्याउन खोजिएको हो ।

तीनवटै ऐनका व्यवस्था परिमार्जन गरी एउटै कानुन बनाउने उद्देश्यसहित विधेयकको मस्यौदा तर्जुमा भइरहेको पौड्यालले जानकारी दिए ।

‘छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, राष्ट्रिय प्रसारण ऐन र श्रमजीवी पत्रकारसम्बन्धी ऐन मिलाएर आम सञ्चार विधेयक ल्याउन खोजिएको हो,’ उनले भने, ‘हाल यो विधेयक मस्यौदा तर्जुमाकै क्रममा छ ।’

आम सञ्चार विधेयकमार्फत छापा, प्रसारण र श्रमजीवी पत्रकारसँग सम्बन्धित कानुनी व्यवस्थालाई एकीकृत गर्ने सरकारको तयारी छ । यसअघि यी विषय अलग-अलग ऐनबाट नियमन हुँदै आएका छन् ।

त्यस्तै, मन्त्रालयले दूरसञ्चार क्षेत्रसँग सम्बन्धित कानुन र नीतिमा पनि काम गरिरहेको छ । दूरसञ्चार ऐनलाई समयसापेक्ष बनाउन नयाँ विधेयक ल्याउने र दूरसञ्चार नीति परिमार्जन गर्ने तयारी भइरहेको पौड्यालले बताए ।

‘दूरसञ्चार नीति र विधेयक दुवै तयारीको चरणमा छन् । यसलाई पनि छिट्टै अगाडि बढाउने तयारी छ,’ उनले भने ।

यसरी मन्त्रालयले अघि बढाएका कानुनी काममध्ये प्रेस काउन्सिलसम्बन्धी विधेयक मात्रै मन्त्रिपरिषद्सम्म पुगेको छ । आम सञ्चार विधेयक मस्यौदा तर्जुमामै छ भने दूरसञ्चार विधेयक र नीति निर्माणको तयारी भइरहेको छ ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
3d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक #संसद्
Compare →
Onlinekhabar
3d ago
नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

२६ कात्तिक, काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका …

#विधेयक #संसद्
Compare →

Related Stories

World News
Build #2612