सूर्यले संसारलाई प्रकाश दिन्छन्, प्रकृतिले जीवनलाई पोषण गर्छिन् र श्रद्धाले मानिसलाई यी दुवै शक्तिप्रति कृतज्ञ हुन प्रेरित गर्दछ। यही भावको सुन्दर उत्सव छठ पर्व हो।
छठ पर्व सूर्यदेव र छठी माताको आराधना गर्ने पवित्र सांस्कृतिक तथा आध्यात्मिक पर्व हो। सूर्यदेवलाई जीवन, प्रकाश र ऊर्जाको आधार मानिन्छ भने छठी मातालाई सन्तानको रक्षा, स्वास्थ्य, दीर्घायु र प्रकृतिको पोषणकारी मातृशक्तिका रूपमा श्रद्धा गरिन्छ। यस पर्वले प्रकृति र जीवनप्रतिको सम्मान तथा कृतज्ञताको भावना जागृत गराउँछ।
Read full story at source ( saralpatrika.com )