Trending
Prev Story
Next Story

भीमफेदी कारागारका ५१ कैदीबन्दीले छठ मनाउँदै

Ekantipur •
November 15, 2026 • 03:32 AM
3
3 reads 0 reactions

विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् ।

भीमफेदी कारागारका ५१ कैदीबन्दीले छठ मनाउँदै

विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् ।

हेटौंडा — क्षेत्रीय कारागार भीमफेदीका ५१ जना कैदीबन्दी छठ पर्व मनाउने तयारीमा जुटेका छन् । भीमफेदी कारागारमा कैदीबन्दीले छठ पर्व मनाउन लागेको यो पहिलो पटक हो ।

विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् ।

तीनवटा ब्लक रहेको उक्त कारागारमा ‘क’ ब्लकका ३२ जना, ‘ख’ ब्लकका १८ जना र महिला ब्लककी एक महिलाले छठ पर्व मनाउने तयारी गरेको जेलर पुष्कर रानाले बताए । ‘छठ पर्व मनाउन आवश्यक पर्ने सामग्रीको व्यवस्था गरिदिएका छौं,’ उनले भने ।

जेल प्रशासनले कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै उनीहरूलाई कारागारभित्रै छठ पर्व मनाउने व्यवस्था मिलाएको हो । ‘आ–आफ्नो ब्लकमा छुट्टाछुट्टै रूपमा पर्व मनाउने प्रबन्ध गरिदिएका छौं,’ जेलर रानाले भने । कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक छठ पर्व मनाउन जेल प्रशासनले सहयोग गरेको उनले बताए । कैदीबन्दीलाई यो पर्व मनाउन सरकारले छुट्टै आर्थिक सुविधा भने उपलब्ध गराएको छैन ।

कारागारभित्रै धार्मिक विधिअनुसार छठ मनाउने व्यवस्था भएपछि कैदीबन्दीले पनि आफ्नो आस्था र परम्परालाई निरन्तरता दिन पाएका छन् ।

भीमफेदी कारागारमा महिला कैदीबन्दी ५५ जना छन् भने पुरुष कैदीबन्दी दुईवटा ब्लकमा ९ सय ३५ जना छन् । तीमध्ये तराई–मधेशका करिब २ सय जनाभन्दा बढी छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
20h ago
वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । उनीहरूको धार्मिक आस्थाको सम्मान गर्दै पर्व मनाउन छुट दिइएको कारागारले जनाएको छ ...

#कैदीबन्दी #कारागार #मनाउन
Compare →
Nagarik News
16h ago
रास्वपाका सभापति रवि लामिछाने पत्नीसहित जनकपुर पुगे

रास्वपाका सभापति रवि लामिछाने पत्नीसहित जनकपुर पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् ।

#पर्व #मनाउन
Compare →
Onlinekhabar
1d ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#पर्व #मनाउन
Compare →

Related Stories

National (Nepal)
Build #2612