Trending
Prev Story
Next Story

इतिहास बोकेर उभिएको अमरगढी किल्ला [तस्बिरहरू]

Ekantipur •
November 14, 2026 • 07:32 AM
2
2 reads 0 reactions

डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो ।

इतिहास बोकेर उभिएको अमरगढी किल्ला [तस्बिरहरू]

डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो ।

विसं १८४७ मा निर्माण गरिएको डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो । नेपाल एकीकरणका क्रममा बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रमा सैनिक गतिविधि सञ्चालन गर्न यस किल्लालाई महत्त्वपूर्ण आधारका रूपमा प्रयोग गरेका थिए । महाकालीपारिका कुमाउँ र गढवाल क्षेत्रसम्मको विजय अभियानमा समेत यसको रणनीतिक भूमिका रहेको थियो ।

ढुंगा, माटो र काठ प्रयोग गरी निर्माण गरिएको किल्लाको बनोट तत्कालीन सैन्य वास्तुकलाको नमुना मानिन्छ । किल्लाभित्र सैनिक बस्ने गुफा, सुरक्षाका लागि बनाइएका संरचना तथा प्राचीन उग्रभैरव मन्दिर छन् ।

किल्लाको प्रवेशद्वारमा २०८१ सालमा अनावरण गरिएको बडाकाजी अमरसिंह थापाको पूर्णकदको सालिक राखिएको छ । ऐतिहासिक महत्त्व बोकेको यस किल्लाको संरक्षण, पुनर्निर्माण र पर्यटकीय विकासका लागि विभिन्न सरकारी निकायबाट प्रयास हुँदै आएका छन् ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1h ago
नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (फोटोफिचर)

नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (फोटोफिचर)

डडेल्धुरा सदरमुकाम खलङ्गामा नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला अवस्थित छ।

#किल्ला #अमरगढी #डडेल्धुरा
Compare →

Related Stories

Education & Youth
Build #2612