Trending
Prev Story
Next Story

आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने

Bizshala •
October 13, 2026 • 04:59 PM
2
2 reads 0 reactions

काठमाण्डौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित...

आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने

काठमाण्डौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित राष्ट्रिय रणनीतिक उद्योगको मान्यता दिने नीति अघि सारेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्र विस्तारमा सरकार केन्द्रित हुने बताएका हुन् ।

सरकारले सफ्टवेयर विकास, डिजिटल सेवा, कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा आधारित निर्यात व्यवसायलाई प्राथमिकतामा राख्दै नेपाललाई प्रविधिमैत्री अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको जनाएको छ ।

साइबर सुरक्षा मजबुत बनाउने, हरित कम्प्युटिङ प्रवर्द्धन गर्ने तथा एआई कम्प्युटेसन निर्यातलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, डिजिटल पूर्वाधार विस्तारअन्तर्गत ‘डिजिटल पार्क’, अत्याधुनिक डेटा सेन्टर तथा सार्वजनिक डिजिटल प्रणाली निर्माणलाई तीव्रता दिइने भएको छ ।

सरकारले नेपाललाई दक्षिण एशियाकै उदीयमान ‘टेक हब’का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारेको छ ।

सूचना प्रविधि उद्योगमा निजी क्षेत्रको आकर्षण बढाउन वित्तीय सहुलियत, लगानी प्रक्रिया सहजीकरण, सरकारी सहलगानी र नवप्रवर्तनमा कर छुटको व्यवस्था गरिने सरकारको योजना छ ।

सरकारले यस कदमबाट रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र युवा जनशक्तिलाई देशमै अवसर उपलब्ध हुने अपेक्षा गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
जुवा खेल्ने २२ जना पक्राउ

जुवा खेल्ने २२ जना पक्राउ

झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्य...

#आधार #सूचना
Compare →
Ekantipur
2d ago
के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो।

#आधार
Compare →
Nagarik News
4d ago
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#आधार
Compare →
Onlinekhabar
15h ago
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612