Trending
Prev Story
Next Story

हानि-नोक्सानी कोषले नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान दिने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ कात्तिक, काठमाडौं । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको 'हानि-नोक्सानी कोष' ले नेपाललाई २ कराेड अमेरिकी डलर (३ अर्ब २ कराेड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण …

हानि-नोक्सानी कोषले नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान दिने

५ कात्तिक, काठमाडौं । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ कराेड अमेरिकी डलर (३ अर्ब २ कराेड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

भोटेकोशी र त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, पुनस्थापना र पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइन लागिएको हो ।

सो बाढीका कारण १,५०० जना भन्दा बढीले ज्यान गुमाएका छन् भने ५,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । करिब १५,००० भन्दा बढी परिवारका ६०,००० भन्दा बढी सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् ।

बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति करिब २.७ अर्ब अमेरिकी डलर बराबर रहेको छ भने पुनर्निर्माणका लागि करिब ४.७ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा द्रुत गतिमा सहयोग पुर्याउनका लागि गत अगस्ट ३१ (भदौ १५) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको बोर्डसमक्ष विशेष अनुरोध गरेका थिए ।

उक्त अनुरोधका आधारमा विकासशील र विकसित राष्ट्रहरू, अतिकम विकसित राष्ट्रहरू, साना टापु विकासशील राष्ट्रहरू, एसिया-प्रशान्त, अफ्रिकी, ल्याटिन अमेरिका, तथा पश्चिमा राष्ट्र समूहका बोर्ड सदस्यहरूबीच विभिन्न चरणमा औपचारिक र अनौपचारिक छलफल भएको थियो ।

अक्टोबर २२ (कात्तिक ५) मा बसेको बोर्डको विशेष बैठकले नेपाललाई सहायता दिने निर्णयलाई अन्तिम रूप दिएको मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए ।

नेपालका तर्फबाट सहसचिव एवं कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. ढकालले समन्वय तथा सहजकर्ताका रूपमा भूमिका निर्वाह गरेका थिए ।

कोषबाट रकम परिचालन गर्नका लागि बार्बाडोस कार्यान्वयन ढाँचा प्रक्रिया अन्तर्गत नेपालले प्रस्ताव तयार गरी कोषसमक्ष पेस गर्नेछ।

यसैबीच, हानि-नोक्सानी कोषको ११ औँ बोर्ड बैठक सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौँमा आयोजना हुने मन्त्रालयले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
13h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु #नेपाललाई #अनुदान
Compare →
Ekantipur
22h ago
हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, क्षति तथा नोक्सानीको क्षतिपूर्ति, वैज्ञानिक अनुसन्धान र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिएको छ ।

#जलवायु #नोक्सानी
Compare →
Hamro Patro News
37m ago
नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

काठमाडौं : जारी कोपमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (यूएनएफसीसी) अन्तर्गतको प्रविधि संयन्त्रले अगाडि बढाएका नयाँ दस्तावेज र समीक्षा प्रतिवेदनहरूले नेपालजस्ता अल्पविकसित राष्ट्रहरूका...

#जलवायु #नेपाललाई
Compare →
Nagarik News
1d ago
हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

जलवायु परिवर्तनको बढ्दो प्रभावबाट हिमाली क्षेत्र र त्यहाँका समुदायलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पर्याप्त, अनुमानयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आग्रह गरेको छ।

#जलवायु #अनुदान
Compare →

Related Stories

National (Nepal)
Build #2612