Trending
Prev Story
Next Story

ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

Hamro Patro News •
November 13, 2026 • 12:10 PM
3
3 reads 0 reactions

तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य (होलादास) गरेपछि भुस पोलेर खोरिया फाँडेको इत...

1 / 2
Swipe Photos

तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य (होलादास) गरेपछि भुस पोलेर खोरिया फाँडेको इतिहास सम्झने र शंकुबारीमा छापो हालेर हिउँदे खेती सुरु गर्ने परम्परा यहाँ छ । प्रकृति पूजा र पुर्खाको सम्झनासँग जोडिएको यो पर्वमा देशविदेशमा रहेका अविवाहित युवायुवतीसमेत गाउँ फर्केर सहभागी हुन्छन् ।

तिहारको रौनकमा देशभर देउसीभैलो चलिरहेको थियो । त्यहीबेला बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलका मगर समुदायले छुट्टै पर्व मनाइरहेका थिए । कात्तिक २४ गते उनीहरूले ‘होलादास’ अर्थात् पितृकार्य सम्पन्न गरे । वर्षभरि मृत्यु भएका आफन्तको एकै दिन पितृकार्य गरेर काजकिरिया सक्ने उनीहरूको चलन छ । कात्तिक २५ गते उनीहरूले भुस पोले । पन्ध्रौं शताब्दीमा पाल्पाबाट बसाइँ सरेर आएका उनीहरूले खोरिया फाँडेर बसोबास गरेको सम्झनामा भुस पोल्ने गरिन्छ । वर्षे बालीका रूपमा रहेको मकैलगायतका खेती थन्क्याएपछि स्याउला पोलेर खेतका किरा मार्ने उनीहरूको चलन छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
उज्यालोको पर्वमा आगलागी जोखिम

उज्यालोको पर्वमा आगलागी जोखिम

दसैं र तिहार नेपाली समाजका सबैभन्दा उल्लासपूर्ण, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका चाडपर्व हुन् । विशेषगरी तिहारलाई दीपावली अर्थात् उज्यालोको पर्वका रूपमा लिइन्छ । घर, पसल, कार्यालय र सार्वजनिक स्थानमा दीप प्रज्ज्वलन गर्ने, दियो बाल्ने, …

#पर्व #तिहार
Compare →
Nagarik News
2d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#पर्व #तिहार
Compare →
Ekantipur
2h ago
मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् ।

#पर्व
Compare →
Arthasansar
6h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

Technology
Build #2612