Trending
Prev Story
Next Story

मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

Ekantipur •
November 14, 2026 • 07:02 AM
3
3 reads 0 reactions

पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् ।

मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन्  ।

जनकपुरधाम — दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ ।

कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ । पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ ।

यो पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पर्वको पहिलो दिन  दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन्  । रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने र राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर नाचगान गर्ने प्रचलन छ । यसरी दिदीबहिनीहरू १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्दछन् ।

यस अवसरमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ बोलका गीत गाउने चलन छ ।

पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवा बनाएर रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाई परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाइन्छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ ।

सामाचकेवा पर्व मनाउन विवाहित नारी माइत जाने परम्परा रहेकाले टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्दछन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् ।

मधेश प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्साका साथै सीमावर्ती भारतीय जिल्लाहरूमा पनि  यो पर्व हर्षोल्लासका साथ मनाइन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर...

#बनाएर #मिथिलाञ्चल #भयो
Compare →
Onlinekhabar
3h ago
मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

२८ कात्तिक, जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको …

#पर्व #दाजुभाइ #मिथिलाञ्चल
Compare →
Nagarik News
5h ago
छठ: तराईको आस्थादेखि राष्ट्रिय पर्वसम्म

छठ: तराईको आस्थादेखि राष्ट्रिय पर्वसम्म

सूर्यदेव र छठी माताको आराधना गर्दै मनाइने छठ पर्व पछिल्लो समय तराई–मधेसको सीमाभन्दा बाहिर फैलिँदै गएको छ।

#पर्व
Compare →
Arthasansar
7h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

World News
Build #2612