Trending
Prev Story
Next Story

छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

Ekantipur •
November 13, 2026 • 05:01 AM
2
2 reads 0 reactions

अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

पर्सा — अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

नहाय–खायका दिन व्रतालुहरूले स्नान गरी शरीर र मनलाई शुद्ध पारेपछि चोखो नितो गरेर लौकाको तरकारी र भात खाने गर्छन् । लौकालाई छठमा सबैभन्दा शुद्ध तरकारीमध्ये एक मानिने भएकाले यस दिन बजारमा यसको माग अत्यधिक हुने गर्छ । छठ पर्व नसकिएसम्म व्रतालुहरूले माछामासुलगायत तामसिक भोजन गर्दैनन् ।

शुक्रबार नहाय–खाय गरेका व्रतालुहरूले शनिबार साँझ ‘रस्याउ–रोटी’ खानेछन् । ‘खरना’ भनिने यस विधिमा व्रतालुहरूले घरमा छठी माताको पूजा गरी दूध र गुडमा पकाइएको खिर (रस्याउ) तथा पुरी खाने गर्छन् । यसलाई प्रसादका रूपमा परिवारका सदस्य, इष्टमित्र र छरछिमेकलाई समेत वितरण गर्ने परम्परा छ । कतैबाट निम्तो नपाएका वा प्रसाद खाने अवसर नजुरेकाहरूले पनि व्रतालुसँग मागेर रस्याउ–रोटी प्रसादका रूपमा खाने चलन छ ।

वीरगन्जको तेजारथ टोलकी व्रतालु मञ्जु देवीका अनुसार शनिबार साँझ खरना विधिपछि रस्याउ–रोटी ग्रहण गरेका व्रतालुहरू त्यसैको भरमा आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन् । आइतबार साँझ व्रतालु तथा परिवारका सदस्यहरू घरनजिकैका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठघाट पुग्नेछन् । ‘सोमबार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेपछि मात्र व्रत तोडिन्छ,’ उनले भनिन् ।

नयाँ वस्त्र धारण गरेका व्रतालुका परिवारका सदस्यले बाँसको छैंटीमा पूजा सामग्री राखेर टाउकोमा बोकी घाटसम्म लैजाने परम्परा छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्री राखेर अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौँ घाटमै बसेर पूजा–अर्चना गर्नेछन् ।

केही व्रतालु राति घर फर्केर आँगनमा ‘कोसी भर्ने’ विधि गर्छन् । माटोको हात्ती राखेर पूजा गरिने यस विधिबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । कोसी भर्ने क्रममा परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिससमेत सहभागी हुने गर्छन् । घाटमै बस्ने व्रतालुहरूले भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने परम्परा छ ।

छठका लागि आवश्यक प्रसाद तयार पार्ने काम पनि व्रतालुका घरमा तीव्र बनेको छ । शनिबार दिनभर र साँझसमेत व्रतालु तथा परिवारका सदस्यहरू विशेष प्रकारको पिठोबाट ठेकुवा बनाउने तयारीमा जुट्नेछन् । प्रसाद पकाउँदा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइन्छ ।

रस्याउ–रोटी र ठेकुवा बनाउन आवश्यक पिठो तयार पार्न व्रतालुका घरघरमा गहुँ सुकाउने काम भइरहेको छ । घाममा सुकाइरहेको गहुँलाई चराचुरुङ्गीले जुठो लगाए अपवित्र हुने धार्मिक मान्यता रहेकाले व्रतालु तथा परिवारका सदस्यहरू गहुँ रुङ्गेर बस्ने गर्छन् । चराचुरुङ्गीले जुठो हालेको आशंका भए गहुँ पखालेर पुनः सुकाउने गरिन्छ ।

छठ नजिकिएसँगै वीरगन्ज बजार तथा जिल्लाका ग्रामीण हाटबजारमा पर्वका सामग्री किनमेल गर्नेको भीड बढेको छ । कपडा पसलहरूमा समेत नयाँ लुगा खरिद गर्नेको चहलपहल छ ।

छठलाई लक्षित गरी वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाटलाई बेहुलीझैँ सिँगारिएको छ । जिल्लाका ग्रामीण भेगका अधिकांश गाउँमा पनि छठघाट तयार पारिएका छन् । घडिअर्वा पोखरीमा गरिएको आकर्षक विद्युतीय सजावटका कारण साँझपख घुम्न आउनेहरूको भीड लाग्न थालेको छ । पोखरीको सजावट र आकर्षक दृश्यका तस्बिर सामाजिक सञ्जालमा समेत फैलिन थालेका छन् ।

घडिअर्वा पोखरीमा छठ पर्वलाई लक्षित गरी स्थायी घाटसमेत निर्माण गरिएको छ । देशकै ठूलो र बढी भीडभाड हुने छठघाटमध्ये एक मानिने यहाँ बिहान र बेलुका गरी करिब पाँच लाख मानिसको आवागमन हुने अनुमान गरिएको छ ।

इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ व्रतले परिवारमा सुख, शान्ति र समृद्धि भित्रिने, सन्तान प्राप्ति हुने तथा चर्मरोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

काठमाडौं - छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात ग...

#पर्व #नहाय #खाय
Compare →
Onlinekhabar
1d ago
छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

२७ कात्तिक, काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो …

#पर्व #नहाय #खाय
Compare →
Arthasansar
21h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व #विधि #नहाय
Compare →
Nagarik News
52m ago
सद्भाव र समृद्धिको संगम छठ

सद्भाव र समृद्धिको संगम छठ

सन्तान प्राप्ति, सन्तानको सुख–समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै सूर्य भगवानकाे उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको छ।

#पर्व #शुक्रबार
Compare →
Bizshala
22h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

Education & Youth
Build #2612