Trending
Prev Story
Next Story

सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

Nagarik News •
November 12, 2026 • 02:07 PM
2
2 reads 0 reactions

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ।

सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ।

सुरुवाती झट्काका बाबजुद ओपनर डार्सी सर्टको उत्कृष्ट ब्याटिङको मद्दतले लुम्बिनीले ताजा स्थितिमा १२.५ ओभरमा ४ विकेट गुमाएर ७७ रन बनाएको छ।

लुम्बिनीलाई जितका लागि अब ४३ बलमा मात्र २९ रनको आवश्यकता छ। टोलीको हालको रनरेट ६.०० रहँदा आवश्यक रनरेट ४.०४ मा झरेको छ।

क्रिजमा अर्धशतक नजिक रहेका डार्सी सर्ट ३२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाएर खेलिरहेका छन्। उनलाई दिलिप नाथले ६ रन बनाएर साथ दिइरहेका छन्।

यसअघि १९ रनमै ३ विकेट गुमाएर दबाबमा परेको लुम्बिनीको इनिङलाई सर्ट र विकेटकिपर ब्याटर निरोशन डिकवेलाले सम्हालेका थिए।

उनीहरूबीच चौथो विकेटका लागि ४१ रनको महत्वपूर्ण साझेदारी भयो। डिकवेला १३ बलमा २ चौकासहित १६ रन बनाएर १०औं ओभरको पहिलो बलमा मार्क वाटको बलमा विपिन शर्माबाट क्याच आउट भए।

यसअघि ओपनर आसिफ शेख १ रन र कप्तान रोहित पौडेल १ रनमै मार्क वाटको बलमा आउट भएका थिए भने सन्दीप जोरा ४ रन बनाएर पवन सर्राफको शिकार बनेका थिए।

कर्णालीका लागि स्पिनर मार्क वाटले कसिलो बलिङ गर्दै ३ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिएका छन्। पवन सर्राफले ४ ओभरमा २८ रन दिएर १ विकेट हात पारे। सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र आरिफुल इस्लाम भने विकेटविहीन छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्स १९.२ ओभरमा १०५ रनमै अलआउट भएको थियो।

प्रकाशित: २६ कार्तिक २०८३ १९:५२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
26m ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
17h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612