Trending
Prev Story
Next Story

कप्तान परिवर्तन पछि भताभुङ्ग कर्णालीको ब्याटिङ, १०५ रनमा अलआउट

Arthasansar •
November 12, 2026 • 01:04 PM
3
3 reads 0 reactions

लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको...

कप्तान परिवर्तन पछि भताभुङ्ग कर्णालीको ब्याटिङ, १०५ रनमा अलआउट

लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा समेटिएको हो ।

कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्का मदतमा सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २२ बल खेल्दै २ चौका र १ छक्का मदतमा २४ रन जोडे । पवन सर्राफले २४ रन खेल्दै जम्मा १२ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नया कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर आउट भए ।

१५ रनमै ४ विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर नियमित अन्तरमा विकेट गुमाएपछि कर्णालीको रन गति रोकिएको थियो । लुम्बिनीका लागि बलिङमा अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्ले १-१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
11h ago
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Nagarik News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
17h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612