Trending
Prev Story
Next Story

लुम्बिनीका बलर चम्केपछि कर्णाली १०५ रनमा अलआउट

Onlinekhabar •
November 12, 2026 • 01:00 PM
3
3 reads 0 reactions 4 comments

काठमाडौं । लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै …

1 / 2
Swipe Photos

काठमाडौं । लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा समेटिएको हो ।

कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्का मदतमा सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २२ बल खेल्दै २ चौका र १ छक्का मदतमा २४ रन जोडे । पवन सर्राफले २४ रन खेल्दै जम्मा १२ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नया कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर आउट भए ।

१५ रनमै ४ विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर नियमित अन्तरमा विकेट गुमाएपछि कर्णालीको रन गति रोकिएको थियो ।

लुम्बिनीका लागि बलिङमा अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्ले १-१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
1h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
11h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Ekantipur
15h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Education & Youth
Build #2612