Trending
Prev Story
Next Story

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

Ekantipur •
November 11, 2026 • 06:01 PM
2
2 reads 0 reactions

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

बुनिया — कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघेको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देशमा रोगको प्रकोप गम्भीर बन्दै गएको देखाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म ११ हजार ४२ जनामा इबोला संक्रमण पुष्टि भएको छ भने पाँच हजार ३८७ जनाको मृत्यु भइसकेको छ । यो कंगो मा देखिएको अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप हो । संक्रमितमध्ये झन्डै आधाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

गत मे महिनाको मध्यतिर प्रकोप घोषणा गरिएयता सशस्त्र द्वन्द्व, स्वास्थ्य प्रणालीको कमजोर अवस्था, जीर्ण सडक पूर्वाधार तथा स्थानीय समुदायमा व्याप्त अविश्वास र गलत सूचनाका कारण स्वास्थ्यकर्मीमाथि हुने आक्रमणजस्ता समस्याले प्रकोप नियन्त्रणमा चुनौती थपेका छन् ।

यस प्रकोपका लागि जिम्मेवार ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म कुनै खोप वा उपचार विधि उपलब्ध छैन । यो भाइरस कंगोका २६ प्रान्तमध्ये आठवटामा फैलिसकेको छ ।

इतुरी र उत्तर किभु प्रान्तका प्रमुख प्रभावित क्षेत्रमा हिंसा पुनः चर्किएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन् । उनीहरूले स्वास्थ्यकर्मीलाई संक्रमित बिरामीसम्म निर्बाध रूपमा पुग्ने वातावरण बनाउन द्वन्द्वरत पक्षसँग लडाइँ रोक्न आग्रह गरेका छन् ।

कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाकाका अनुसार, कुल संक्रमितमध्ये करिब ७० प्रतिशत इतुरी प्रान्तका छन् भने उत्तर किभु नयाँ संक्रमण फैलिने प्रमुख केन्द्रका रूपमा देखिएको छ ।

भाइरसको अस्तित्वमाथि नै शंका गर्ने केही समुदायका मानिसहरूले स्वास्थ्य संस्था र चिकित्सकहरूलाई निशाना बनाएका छन् । यसका कारण स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमणका घटना भएका छन् ।

इतुरीका केही विद्यालयसमेत प्रकोपबाट प्रभावित भएका छन् । त्यहाँका धेरै शिक्षकमा संक्रमण देखिएको छ । इतुरी प्रान्तको राजधानी बुनियाका दुई विद्यालयका प्रधानाध्यापकले एसोसिएटेड प्रेस (एपी) लाई बताएअनुसार, आफ्ना कर्मचारी गुमाउनुपरेपछि उनीहरू बाँकी शिक्षक र विद्यार्थीको सुरक्षालाई लिएर चिन्तित छन् ।

तीमध्ये एक प्रधानाध्यापक आइज्याक सिंग्मोमाले भने, 'हाम्रा विद्यार्थी र सम्पूर्ण कर्मचारी गहिरो मानसिक आघातमा छन् । अहिलेको अवस्था अत्यन्तै कठिन भएकाले हामीलाई मनोवैज्ञानिकहरूको सहयोग आवश्यक छ ।'

विशेषज्ञहरूले कंगोमा इबोला प्रकोपको विस्तार सुस्त बनाउन र नियन्त्रणमा लिन थप प्रभावकारी प्रयास आवश्यक रहेको बताएका छन् । यसअघि पनि यो रोग युगान्डा, केन्या र नाइजेरियालगायत अफ्रिकी मुलुकहरूमा फैलिएको थियो ।

सन् १९७६ मा पहिलोपटक पहिचान भएयता इबोलाका दर्जनौँ प्रकोप देखिएका छन् । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक थियो । उक्त प्रकोपमा २८ हजारभन्दा बढी संक्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

हाल कंगोमा फैलिएको प्रकोप इबोलाको इतिहासमा दोस्रो सबैभन्दा घातक प्रकोप बनेको छ । यसमा संक्रमित र मृतकको संख्या पश्चिम अफ्रिकाको प्रकोपको तुलनामा कम भए पनि मृत्युको अनुपात उच्च देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
मैदानमै खेलाडीको मृत्यु भएपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

मैदानमै खेलाडीको मृत्यु भएपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

टेनेरिफका फरवार्ड जेसस डे मिगुएलको मृत्यु हुनेगरी मैदानमा भएको खतरनाक ठक्करपछि स्पेनिस फुटबल महासंघको अनुशासन समितिले एफसी एन्डोराका गोलकिपर जेसस ओवोनोलाई १२ खेलको प्रतिबन्ध लगाएको छ। गत नोभेम्बर ...

#मृत्यु
Compare →
Onlinekhabar
12h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

World News
Build #2612