Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सबीचको खेल

Ekantipur •
November 10, 2026 • 03:32 PM
3
3 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

निकै कसिलो बलिङ गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार ‘लो स्कोरिङ’ खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २० रनमात्र बनाएको थियो । जवाफमा आएको जनकपुर १९.५ ओभरमा ९३ रनमा अलआउट भयो ।

जनकपुरमाथिको जितले सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाजको पनि प्ले अफ निश्चित भएको छ । दुवै टोलीको समान ८ अंक छ । राम्रो रन रेटमा काठमान्डु शीर्ष स्थानमा छ । सुदूरपश्चिमको यो लगातार तेस्रो विजय हो ।

दुई वर्ष अघिको पहिलो सिजनमा जनकपुरले सुदूरपश्चिमलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । तर यस हारपछि जनकपुर बाहिरिने खतरामा पुगेको छ । टोलीको ६ खेलमा ४ अंकमात्र छ र टोलीले १ खेलमात्र खेल्न बाँकी छ ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’ केहि सेकेन्ड अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै प...

#एनपीएल #सुदूरपश्चिम #जनकपुर
Compare →
Nagarik News
12h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →
Arthasansar
11h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #जनकपुर
Compare →
Onlinekhabar
11h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612