Trending
Prev Story
Next Story

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

Ekantipur •
November 10, 2026 • 07:01 AM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्

वासिङ्टन — अमेरिकी सेमिकन्डक्टर तथा चिप निर्माता कम्पनी एन्भिडियाका कार्यकारी अध्यक्ष (सीइओ) जेन्सेन ह्वाङ र एक चिनियाँ व्यवसायी महिलाबीचको सम्बन्धबारे संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले छानबिन सुरु गरेको छ।  एलिस ह्वाङ नामकी ती महिला व्यवसायीमाथि चीनका लागि जासूसी गरेको आरोप लागेको छ ।

उनी ह्वाङसँग सम्बन्धमा थिइन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्।

राष्ट्रपति ट्रम्पले सिलिकन भ्यालीका आफ्ना नजिकका सहयोगी ह्वाङमाथि लागेको आरोपप्रति आश्चर्य व्यक्त गरेका छन्। ट्रम्पका अनुसार सीइओ ह्वाङले ती महिला चिनियाँ जासुस हुन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। त्यस्तै, चिनियाँ विदेश मन्त्रालयले उक्त आरोप निराधार, भ्रामक र चरित्र हत्या गर्ने नियतले प्रेरित भएको भन्दै खण्डन गरेको छ।

६३ वर्षीय ह्वाङले आफ्ना कर्मचारीहरूलाई पठाएको सन्देशमा आफ्नी पत्नीलाई धोका दिएको स्वीकार गरेका छन् । यसले पत्नी र आफ्ना सन्तानहरुलाई गहिरो चोट पुगेको उनले बताएका छन् । यद्यपि, सम्बन्धको विस्तृत विवरण भने खुलाएका छैनन्। ६३ वर्षीय ह्वाङ एन्भिडियाका पाँचौँ ठूला शेयरधनी हुन् र कम्पनीमा उनको ३.६ प्रतिशत शेयर रहेको छ।

विश्वकै सबैभन्दा मूल्यवान् चिप निर्माता कम्पनी एन्भिडियाका लागि यो घटनाले ठूलो धक्का पुर्‍याएको छ । यस प्रकरणमा कम्पनीको सञ्चालक समितिले आन्तरिक छानबिन थालेपछि सोमबार एन्भिडियाको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

ह्वाङ र कम्पनीले संदिग्ध चिनियाँ जासुससँगको सम्बन्ध लुकाएर शेयरधनीहरूलाई गुमराहमा राखेको र राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको आरोप लगाउँदै लगानीकर्ताहरूले क्यालिफोर्नियाको अदालतमा सामूहिक मुद्दा दायर गरेका छन्।

यस घटनासँगै  अमेरिकाको माथिल्लो र तल्लो सदनका नेताहरूले चीनतर्फ हुने एआई चिप बिक्रीमा थप कडाइ र प्रतिबन्ध लगाउने रक्षा विधेयक पारित गर्न माग गरेका छन्।

कम्पनीको भविष्य: सञ्चालक समितिले सीइओ ह्वाङप्रति विश्वास व्यक्त गरे पनि ह्वाङकै नेतृत्वमा निर्भर रहेको एन्भिडियाको भविष्य र नेतृत्व निरन्तरताबारे लगानीकर्तामाझ अन्योल बढेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#अमेरिकी #राष्ट्रपति #ट्रम्प
Compare →
Onlinekhabar
2d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#अमेरिकी #राष्ट्रपति #ट्रम्प
Compare →
Hamro Patro News
9h ago
एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

काठ्माण्डौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षम...

#अमेरिकी #ट्रम्प #प्रकरण
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #ट्रम्प
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिकी #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612