Trending
Prev Story
Next Story

रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

Nagarik News •
November 09, 2026 • 02:57 PM
2
2 reads 0 reactions

चितवनका लागि ओपनरद्वयले आक्रामक सुरुवात दिलाएका थिए। विष्फोटक ब्याटिङ गरेका कामिल मिशाराले मात्र ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रन बनाए। उनी ५.२ ओभरमा सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमको हातबाट क्याच आउट भए।

रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार सम्पन्न ‘डे-नाइट’ खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रनमै रोकियो।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

बोपाराले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए। उनले ३४ बलमा अर्धशतक पूरा गरेका थिए। जिततर्फ अग्रसर रहेको अवस्थामा १९.२ ओभरमा बोपारालाई कप्तान करण केसीले क्याच आउट गराएपछि खेल काठमाडौंको पक्षमा मोडिएको थियो।

ड्यान मौसलेले ३२ बलमा २९ रन जोडे। यसअघि ओपनर कामिल मिशाराले ११ बलमा १ चौका र ३ छक्कासहित विष्फोटक २८ रन र अर्जुन साउदले २१ बलमा २३ रन बनाएका थिए।

अन्य ब्याटरमा कुशल मल्ल १३, कप्तान सिकन्दर राजा २ र विवेक यादव ४ रनमा आउट भए। कमल ऐरी ४ र रिजन ढकाल १ रनमा अविजित रहे। चितवनले अतिरिक्त १० रन पाएको थियो।

काठमाडौं गोर्खाजका लागि बलिङतर्फ सहन अराचिगेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। गणेश गौतमले ३ ओभरमा मात्र १६ रन, सन्तोष यादवले ३ ओभरमा १९ रन, जहान्दाद खानले ४ ओभरमा ३७ रन र कप्तान करण केसीले ३.५ ओभरमा ४२ रन दिएर समान १-१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। काठमाडौंका लागि अलराउन्डर रसिद खानले ३० बलमा २ चौका र ४ छक्कासहित ५२ रनको विष्फोटक इनिङ्स खेलेका थिए।

सहन अराचिगेले ३३ रन, विलियम बोसिस्टोले २७ रन र अन्त्यतिर कप्तान करण केसीले ७ बलमा ३ छक्कासहित २० रनको योगदान दिएका थिए।

चितवनका रिजन ढकालले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका थिए भने कमल ऐरी र कप्तान सिकन्दर राजाले समान २-२ विकेट लिएका थिए।

प्रकाशित: २३ कार्तिक २०८३ २०:४२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँ...

#काठमाडौं
Compare →
Ekantipur
13h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#चितवन
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Onlinekhabar
13h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#चितवन
Compare →

Related Stories

Sports
Build #2612