Trending
Prev Story
Next Story

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

Onlinekhabar •
November 09, 2026 • 03:30 PM
3
3 reads 0 reactions 4 comments

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ । काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस …

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ ।

काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस जितपछि काठमान्डु प्लेअफको निकै नजिक पुगेको छ । चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अंकसहित चौथो स्थानमा छ ।

काठमान्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन बनाउन सक्यो ।

चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । उनले ३५ बल खेल्दै २ चौका र ३ छक्का मदतमा सर्वाधिक ५५ रन बनाए ।

यस्तै डान मोस्लीले २९, ओपनर किमल मिसराले २८ र विकेटकिपर अर्जुन साउदले २३ रन बनाए । कुशल मल्ल १३ रनमा आउट भए । विवेककुमार यादव ४ रनमा रनआउट भए ।

कप्तान सिकन्दर राजा २ रन बनाएर आउट भए । उनलाई यसै खेलमाबाट एनपीएलमा डेब्यु गरेका काठमान्डुका आइकोनिक खेलाडी गणेश गौतमले आउट गरे ।

बलिङमा काठमान्डुका सहान अराचिगेले २ तथा जहानदाद खान, कप्तान करण केसी, सन्तोष यादव र गणेश गौतमले १-१ विकेट लिए ।

त्यसअघि रासिद खानको अर्धशतक मदतमा कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।

काठमान्डुका लागि रासिदले यस सिजनको दोस्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए । १३ रनमै २ विकेट गुमाएको अवस्थामा रासिदले विलियम बोसिस्टो र सहान अराचिगेसँग दुई महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।

यसअघि लुम्बिनीविरुद्धको खेलमा अर्धशतक बनाएका अष्ट्रेलियन ब्याटर डेभिड वार्नर ६ बलमा जम्मा १ रनबनाएर आउट भए । अर्का ओपनर साहिल पटेल पनि ८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा काठमान्डुले ३.५ ओभरमा १३-२ को स्थितिमा थियो ।

तर रासिद खानले विलयम बोसिस्टोसँग मिलेर तेस्रो विकेटका लागसस ६२ रनको सझदारी गर्दै इनिङ्स सम्हाले । बोसिस्टो २२ बलमा २७ रन बनाएर दशौँ ओभरको तेस्रो बलमा आउट भए ।

त्यसपछि रासिदले चौथो विकेटका लागि सहान अराचिगेसँग ५३ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । अराचिगेले २० बल खेल्दै ३ चौका र२ छक्का मदतमा ३३ रन बनाए ।

अर्धशतक बनाएलगत्तै रासिद पनि १६औं ओभरमा चितवनको कप्तान सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याचआउट भए ।

३० बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गर्दै ५२ रन बनाए । यस एनपीएलमा रासिदको यो दोस्रो अर्धशतक थियो । यसअघि उनले कर्णाली याक्स विरुद्धको खेलमा ५० रन बनाएका थिए ।

त्यसपछि कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै ७ बलमा ३ छक्का प्रहार गर्दै २० रन योगदान गरे । १८औं ओभरको चौथो बलमा करण रिभ्युमार्फत एलबीडब्लु आउट भएका थिए ।

जहानदाद खान ९ र आदिल आलम ९ रन जोडेर आउट भए । सन्तोष यादवले २ बलमा १ छक्का प्रहार गर्दै अविजित ८ रन जोडे ।

बलिङमा चितवनका लागि रिजन ढकालले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । कप्तान सिकन्दर राजाले ४ ओभरमा १९ र कमल सिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर २-२ विकेट लिए । डान मोस्लीले १-१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
15h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Hamro Patro News
16h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Ekantipur
15h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
58m ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612