Trending
Prev Story
Next Story

रशिदको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई ठुलो लक्ष्य

Ekantipur •
November 09, 2026 • 01:32 PM
3
3 reads 0 reactions

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।

रशिदको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई ठुलो लक्ष्य

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।

ओपनरद्वय डेबिड वार्नर र साहिल पटेललाई ४ ओभर खेल्दा १३ रन भित्र गुमुाए पनि काठमान्डुले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा चुनौती पूर्ण स्कोर बनाएका हो । यी दुईले लुम्बिनी लायन्सविरुद्धको अघिल्लो खेलमा पहिलो विकेटमा १ सय ४ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियन ब्याटिङ हस्ती वार्नरलाई १ रनमा कमलसिंह ऐरीले बोल्ड गरे । वार्नरले ६ बलको सामना गरेका थिए । साहिल १२ बलमा ८ रन बनाई रिजन ढकालको बलमा आउट भए । तर रशिद खानले अर्धशतक बनाउदै काठमान्डुको उच्च फर्मलाई कायमै राखे ।

रशिदले ३० बलमा ५२ रन बनाए । जारी एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो । रशिदले २ चौका र ४ छक्का प्रहार गरे । रशिदले तेस्रो विकेटमा विलियम बोसिस्टोसॅग ६२ र सहन अराचिगेसॅग चौथो विकेटमा २८ मा ५३ रनको साझेदारी गरे । बोसिस्टोले २२ बल खेली १ छक्कासहित २७ रन बनाए ।

श्रीलंकन खेलाडी अराचिगेले २० बल खेली ३ चौका र २ छक्कासहित ३३ रन बनाए । कप्तान करण केसीले ८ बल खेली ३ छक्कासहित २० रन बनाए । इंग्लिस बलर डान मोस्लीलाई ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेपछि चौथो बलमा मोस्लीले करणलाई एलबीडब्लु आउट गरेका थिए ।

आदिल आलम अन्सारी २ चौका प्रहार गरी ८ रनमा आउट भए । जहाँन्दद खानले १३ बलमा ६ रनमात्र बनाउन सके । सन्तोष यादव २ बल खेली १ छक्का प्रहार गर्दै ८ रनमा अविजित रहे ।

रिजन ढकालले ३ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा १४ रनमात्र खर्चे । सिकन्दरले ३ ओभरमा १९ र कमलले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
12h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Hamro Patro News
13h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
11h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
1h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

Sports
Build #2612