Trending
Prev Story
Next Story

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

Onlinekhabar •
November 09, 2026 • 11:00 AM
3
3 reads 0 reactions

२३ कात्तिक, सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । सोमबार दिउँसो १२ बजे …

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

२३ कात्तिक, सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सोमबार दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप बिकले चलाएका थिए ।

दुर्घटनामा १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया वीरता थापा गम्भीर घाइते भएका छन् । वीरबहादुर जिप धनी हुन् ।

यस्तै, २५ वर्षीया हीरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ । अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक प्रदीप बिक फरार रहेका छन् । उनको खोजी भइरहेको र दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
15h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका ...

#जिप #मृत्यु #जनाको
Compare →
Ekantipur
20h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #नगरपालिका #घाइते
Compare →
Nagarik News
16h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #जनाको
Compare →

Related Stories

Education & Youth
Build #2612