Trending
Prev Story
Next Story

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

Nagarik News •
November 09, 2026 • 08:04 AM
2
2 reads 0 reactions

खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध विस्फोटक शतक प्रहार गरेका छन्। मार्की खेलाडी कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेपछि पोखराले बलियो ब्याटिङ प्रदर्शन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भइरहेको खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

सम्रा यस सिजन एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। उनी एनपीएलमा पोखरा एभेन्जर्सका लागि शतक प्रहार गर्ने तेस्रो तथा समग्रमा चौथो खेलाडीसमेत बनेका छन्।

यसअघि एनपीएलको पहिलो सिजनमा पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए। दोस्रो सिजनमा एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध नै शतक बनाएका थिए।

यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो। यसअघि पोखराका कुनै पनि खेलाडीले अर्धशतकसमेत बनाउन सकेका थिएनन्।

सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए। हसन सस्तैमा आउट भएपछि सम्राले वान डाउनमा आएका कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पोखराको इनिङ्सलाई मजबुत आधार दिएका थिए।

यसैबीच, पोखराका मार्की खेलाडी भुर्तेलले पनि कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेका छन्। वान डाउनमा ब्याटिङ गर्न आएका उनले २८ बलमा ६ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।

सम्रा र भुर्तेलको आक्रामक ब्याटिङसँगै दोस्रो विकेटका लागि बनेको शतकीय साझेदारीले पोखरालाई बलियो अवस्थामा पुर्‍याएको छ। यसअघि यस सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोखराले कर्णालीविरुद्ध भने आफ्ना प्रमुख ब्याटरको उत्कृष्ट प्रदर्शनसँगै दमदार पुनरागमनको संकेत दिएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १३:४९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
पोखरामा छठ पर्व : चार स्थानमा पूजा

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

कास्की- पोखराका चार स्थानमा छठ पर्व मनाउनका लागि पूजाको तयारी गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरुमा जस्तै यस वर्ष पोखरामा समेत भव्य रूपमा मनाउन लागिएको हो । ...

#पोखरा
Compare →
Onlinekhabar
14h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →

Related Stories

Sports
Build #2612