Trending
Prev Story
Next Story

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

Ekantipur •
November 09, 2026 • 07:32 AM
3
3 reads 0 reactions

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ ।

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ ।

बुटवल — लुम्बिनी प्रदेशका‍ १२ वटै जिल्लामा यस वर्ष फूलको व्यावसायिक उत्पादन र कारोबार दुवै बढेको छ । तिहार लक्षित फूलखेतीबाट प्रदेशका किसानले झन्डै १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष प्रदेशभरी २ सय ८१ मेट्रिक टन फूल उत्पादन भएको छ । त्यसबाट किसानले ९ करोड ७९ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् । किसानले खेतबाटै प्रतिकिलो ३ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा फूल बिक्री गरिरहेका छन् भने उपभोक्ताले प्रतिकिलो ५ सय रुपैयाँसम्म तिर्नुपरेको छ ।

प्रदेशका १२ वटै जिल्लामा सयपत्री र मखमली फूल १ सय हेक्टर क्षेत्रफलमा खेती गरिएको निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले बताए । ‘अहिले लुम्बिनी प्रदेशका सबै जिल्लामा व्यावसायिक फूलखेती बढिरहेको छ,’ उनले भने, ‘गत वर्ष भारतबाट ४ करोड रुपैयाँभन्दा बढीको फूल आयात भएको भए पनि अहिले त्यो घटेको छ ।’ यस वर्ष भारतबाट भन्दा चितवन र पूर्वी नवलपरासीबाट पनि फूल लुम्बिनी प्रदेशमा आएको उनले बताए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा झन्डै ३ सय किसानले व्यावसायिक फूलखेती गर्दै आएका छन् । प्रदेशमा उत्पादन हुने फूलमध्ये सयपत्रीको हिस्सा सबैभन्दा धेरै छ । प्रदेशका १२ जिल्लामा कुल ४९ दशमलव ७१ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएको प्रदेश कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले बताए ।

उनका अनुसार सयपत्री फूलखेतीबाट करिब तीन महिनासम्म आम्दानी लिन सकिन्छ । एकपटक बिरुवा लगाएपछि तुलनात्मक रूपमा धेरै स्याहारसुसार गर्न नपर्ने भएकाले पछिल्ला वर्षमा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या बढ्दै गएको छ । तिहार, छठलगायत चाडपर्वमा फूलको माग उच्च हुने र सजिलै आम्दानी गर्न सकिने भएकाले किसानको आकर्षण बढेको उनले बताए ।

‘युवा पुस्ताका झन्डै ३ सय किसानले अहिले सयपत्री र मखमली फूलखेती गरिरहनुभएको छ,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष फूलखेती गर्ने किसानको संख्या झन्डै १ सयले बढेको हो ।’ गत वर्षको तुलनामा फूल उत्पादन पनि झन्डै १ सय मेट्रिक टनले बढेको उनले बताए ।

निर्देशनालयका अनुसार यस वर्ष प्रदेशमा २ सय ५९ मेट्रिक टन सयपत्री फूल उत्पादन हुने अनुमान छ । यसबाट ९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ । यस्तै, २१ मेट्रिक टन मखमली फूल उत्पादन हुने र त्यसबाट करिब ७३ लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान छ । लुम्बिनीमा सयपत्री र मखमलीसँगै केही स्थानमा गुलाबलगायत कट फ्लावरसमेत उत्पादन हुने गरेको छ ।

प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार फूलखेतीको क्षेत्रफलका आधारमा कपिलवस्तु पहिलो स्थानमा छ भने उत्पादन र कारोबारमा दाङ अगाडि छ । आर्थिक कारोबारका आधारमा दाङपछि बाँके, रुपन्देही र पाल्पा छन् ।

कपिलवस्तुमा सबैभन्दा बढी २१ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँ ४८ मेट्रिक टन फूल उत्पादन हुने अनुमान छ । तर, कारोबारका आधारमा कपिलवस्तु चौथो स्थानमा छ । यहाँ फूल बिक्रीबाट १ करोड ३ लाख २० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।

कारोबारमा दाङ पहिलो स्थानमा छ । दाङमा ८ दशमलव ८ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यहाँ ४८ दशमलव ५ मेट्रिक टन फूल उत्पादन हुने र बिक्रीबाट १ करोड ५२ लाख ३० हजार रुपैयाँ कारोबार हुने अनुमान छ । बाँकेमा ५ हेक्टर क्षेत्रफलमा गरिएको फूलखेतीबाट ३८ दशमलव ५ मेट्रिक टन फूल उत्पादन हुने र त्यसबाट १ करोड ५१ लाख ७५ हजार रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

रुपन्देहीमा २ दशमलव ८३ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । क्षेत्रफल कम भए पनि यहाँ ४२ दशमलव ४५ मेट्रिक टन उत्पादन हुने अनुमान छ । फूल बिक्रीबाट १ करोड ४८ लाख ५७ हजार ५ सय रुपैयाँ आम्दानी हुने निर्देशनालयको अनुमान छ ।

पाल्पामा ५ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँ ३९ मेट्रिक टन उत्पादन हुने र ७७ लाख ४० हजार रुपैयाँको कारोबार हुने अनुमान छ । नवलपरासी पश्चिममा ३ दशमलव ७५ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँ २५ मेट्रिक टन उत्पादन र ६२ लाख ५० हजार रुपैयाँ कारोबार हुने अनुमान छ ।

त्यस्तै, रोल्पामा १ हेक्टर, गुल्मीमा ४ दशमलव ७५ हेक्टर, प्युठानमा ४ दशमलव ५ हेक्टर, रुकुम पूर्वमा शून्य दशमलव २५ हेक्टर र अर्घाखाँचीमा आधा हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । बर्दियामा सबैभन्दा कम क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँ १ दशमलव २३३ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३ मेट्रिक टन मात्र फूल उत्पादन हुने अनुमान छ ।

पश्चिम नवलपरासीका फूल किसान नारायण न्यौपानेले यस वर्ष फूलखेतीबाट झन्डै २० लाख रुपैयाँ आम्दानी हुने बताए । उनले साउनमा १८ कट्ठा जग्गामा फूल लगाएका थिए । असोजदेखि फूल टिप्न थालेका उनले मंसिर महिनाभरि टिप्न मिल्ने गरी चरणबद्ध रूपमा उत्पादन भइरहेको बताए । ‘मैले जग्गा भाडामै लिएर खेती गरेको थिएँ,’ उनले भने, ‘गत वर्ष १२ लाख आम्दानी गरेकोमा यस वर्ष २० लाख हुने अनुमान छ ।’ कम मेहनत र लगानीमा तुलनात्मक रूपमा बढी आम्दानी हुने भएकाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गरेको उनले बताए ।

बुटवलका व्यावसायिक किसान राजेश कुँवरले पनि फूल उत्पादन गर्न सके बजारको समस्या नरहेको बताए । ‘दसैँ, तिहार र मंसिरमा मागअनुसार फूल दिनै सकिँदैन,’ उनले भने, ‘तैपनि धेरै जिल्लामा उत्पादन सुरु भएकाले अहिले भारतबाट निकै कम फूल आएको छ ।’

स्थानीय तहले फूल बिक्रीका लागि बजार व्यवस्थापन र सहजीकरण गरिदिए उत्पादन अझै बढ्ने उनले बताए । ‘तिहारमा बाहिरबाट भित्रिने प्लास्टिकका माला रोकिनुपर्छ,’ उनले भने, ‘अहिले पनि १० प्रतिशत प्लास्टिकका माला प्रयोग हुन्छन् ।’

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
एनपीएलमा लुम्बिनी र कर्णाली मैदानमा, प्लेअफलाई महत्वपूर्ण खेल, कर्णाली ब्याटिङमा

एनपीएलमा लुम्बिनी र कर्णाली मैदानमा, प्लेअफलाई महत्वपूर्ण खेल, कर्णाली ब्याटिङमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २३ औँ खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिडिरहेका छन् । खेलमा टस जितेर कर्णालीले पहिले ब्याटिङ गरिरहेको छ । जितले लुम्बिनी प्लेअफमा प...

#लुम्बिनी
Compare →
Onlinekhabar
3h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2612