Trending
Prev Story
Next Story

भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

Onlinekhabar •
November 09, 2026 • 07:00 AM
3
3 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा …

भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ ।

कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा थियो । माथिल्लो तलामा परिवार बस्दै आएको थियो ।

आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार दियोबाट आगो सल्किएको वा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । मृत्यु हुनेमा करिब ७० वर्ष उमेरका दुई ज्येष्ठ नागरिक, एक महिला र तीन बालबालिका रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#मृत्यु #भारत #जनाको
Compare →
Ekantipur
3h ago
आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ।

#आगलागी #मृत्यु
Compare →
Nagarik News
3h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत #जनाको
Compare →
Bizshala
18h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612