Trending
Prev Story
Next Story

कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ

Ekantipur •
November 09, 2026 • 06:31 AM
2
2 reads 0 reactions

पोखराका कप्तान चामिका करुणारत्नेले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ

पोखराका कप्तान चामिका करुणारत्नेले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

प्ले अफमा पुग्नलाई कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । कर्णालीको ४ खेलमा २ जित र २ हारका साथ ४ अंक छ । पोखरा पहिलो चारै खेलमा पराजित भएर प्ले अफको समीकरण दौडबाट लगभग बाहिरिसकेको छ ।

पोखरा एभेन्जर्सले अघिल्लो खेल खेलेको टोलीबाट सागर ढकाल, सुदीप अर्याल र सदिरा समराविक्रमाको स्थानमा विवेक रानामगर, धनञ्जय लक्षण र सन्नी विकलाई खेलाएको छ ।

कर्णाली याक्सले २ खेलाडी परिवर्त गरेको छ । युनिसविक्रम सिंह ठकुरी र पाकिस्तानी अलराउन्डर हुसैन तलातको स्थानमा युवराज खत्री र बंगलादेशका ओपनर जिशन आलमलाई खेलाइरहेको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
लुम्बिनीविरुद्ध कर्णालीको खराब ब्याटिङ, १०५ रनमै समेटियो

लुम्बिनीविरुद्ध कर्णालीको खराब ब्याटिङ, १०५ रनमै समेटियो

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै अल...

#ब्याटिङ #कर्णाली
Compare →
Arthasansar
1d ago
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान...

#ब्याटिङ #कर्णाली
Compare →
Onlinekhabar
13h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →
Nagarik News
14h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612